आक्रमण हुनसक्ने सूचनापछि सांगीतिक कार्यक्रम स्थगित

130 Hits

नेदरल्याण्ड्स, ८ भदौ  ।

स्पेनिस प्रहरीले आक्रमण हुनसक्ने सूचना दिएपछि अमेरिकी सांगीतिक समूह अल्लाह–लसले नेदरल्यान्ड्सको रोटाडाममा गर्न लागेको सांगीतिक कार्यक्रम स्थगित गरिएको छ ।

स्पेनिस प्रहरीको सूचनाका आधारमा नेदरल्यान्ड्सको प्रहरीले अन्तिम समयमा सांगीतिक कार्यक्रम स्थगित गर्न लगाएको हो । अल्लाहको नामको दुरुपयोग गरेको भन्दै धम्की आउने गरेको सांगीतिक समूह अल्लाह–लसले जनाएको छ ।
स्पेनिस प्रहरीले सूचना दिएको केही घण्टापछि नेदरल्यान्ड्सको प्रहरीले ग्यासका सिलिन्डर बोकेको एउटा भ्यानलाई कार्यक्रमस्थल नजिकबाट रोकेको थियो ।

स्पेनमा दर्ता गराइएको सो भ्यानका चालकसँग सोधपुछ भइरहेको प्रहरी अधिकारीहरुले जनाएका छन् । रोटाडामका मेयर अहमद अबुतालेबले भने आतंकवादी हमला गराउने योजनासँग उनको सम्बन्ध रहे वा नरहेकोबारे अहिल्यै केही भन्न नसकिने बताएका छन् ।

भ्यानका चालकलाई सोधपुछका लागि लगिएपछि बम निष्क्रिय पार्ने टोलीले भ्यानको निरीक्षण गरेको बताइएको छ ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी