यस्ता छन् राज्यमन्त्रीका सुविधाहरु, स्वकीय सचिवालयका लागि मात्र मासिक ३ लाख

123 Hits

काठमाडौं, ७ भदौ
अहिले देशमा राज्यमन्त्रीहरुको लस्कर छ दिन दिनै राज्य मन्त्रीहरु थपिएका थपियै छन् । मन्त्री हुन नपाएर असन्तुष्ट बनेका दलका नेताहरु अहिले राज्य मन्त्री बन्दै सन्तुष्ट बनीरहेका देखिन्छ । वास्तवमै किन मरिहत्ते गरिरहेका छन् त सभासदहरु राज्य मन्त्री हुन रु कारण छ राज्यमन्त्रीले पाउने सुविधाहरु ।

– राज्यमन्त्रीको तलब मासिक ६० हजार रुपैयाँ छ ।
– पुल्चोकस्थित मन्त्री निवासभित्र १९ वटामात्र आवास छन् ।
– यी आवासमा नअटाउने मन्त्री र राज्यमन्त्रीका लागि सहरी विकास मन्त्रालयले घर भाडामा खोजिदिएर राखिदिने गरेको छ ।
– सरकारले भाडाबापत मन्त्रीलाई मासिक ५० हजार र राज्यमन्त्रीलाई ४० हजार रुपैयाँ दिने गरेको छ ।
– सहरी विकास मन्त्रालयले मन्त्रीहरूलाई भाडाको घरमा फर्निसिङका लागि एकमुष्ट २ लाख रुपैयाँ दिनुका साथै सुरक्षा पोस्ट र गार्ड घरसमेत निर्माण गरिदिने गरेको छ ।
– भाडाको घरमा बनाइने सुरक्षा पोस्ट र गार्ड घर निर्माणका लागि मन्त्रालयले छुट्टै खर्च गर्ने गर्दछ ।
– प्रत्येक राज्यमन्त्रीको स्वकीय सचिवालयका लागि उपसचिव, शाखा अधिकृत, नायब सुब्बा, दुई चालक र दुई कार्यालय सहयोगीका लागि सरकारले तलबसुविधा उपलब्ध गराउँछ ।
– एउटा राज्यमन्त्रीको स्वकीय सचिवालयका कर्मचारी लागि मात्र मासिक ३ लाख रुपैयाँभन्दा खर्च हुन्छ ।
– राज्यमन्त्रीहरूले गृह मन्त्रालयबाट एउटा, आफ्नो मन्त्रालयबाट एउटा र स्वकीय सचिवका लागि एउटा गरी कम्तीमा तीनवटा गाडी लाने गर्छन् ।
कानुनी रूपमा भने राज्यमन्त्रीले एउटा मात्र गाडी पाउँछन् ।
– अनधिकृत रूपमा प्रयोग गरिने तीनवटा गाडीका लागि चालक, इन्धन, मोबिल र मर्मत खर्चका नाममा महिनाको डेढ लाखभन्दा बढी खर्च हुन्छ ।
– मन्त्रीहरूले बिजुली, पानी, टेलिफोनको खर्च बिलबमोजिम लिने गर्छन् । त्यो खर्च नै प्रतिमन्त्री प्रतिमहिना २० हजार रुपैयाँभन्दा बढी हुने गरेको छ ।

Related News

Comments are closed