देउवाको मन्त्रिपरिषद् ५० सदस्यीय, गणतन्त्र पछिको सबैभन्दा ठूलो

110 Hits

काठमाडौं, ७ भदौ
शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषद गणतन्त्र स्थापना भएपछिको सबैभन्दा ठूलो बनेको छ । यस अघि कायम भएको ३५ सदस्यीय मन्त्रिपरिषद्मा मंगलबार कांग्रेस र फोरम लोकतान्त्रिकबाट १५ राज्यमन्त्री थपिएपछि देउवको मन्त्रीपरिषद सबैभन्दा ठूलो बनेको हो । मन्त्रिपरिषद्मा २६ मन्त्री र २३ राज्यमन्त्री छन् । कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिकबाट एक–एकजना उपप्रधानसहित देउवाको मन्त्रीपरिषद ५० सदस्यीय भएको हो ।

देउवाले २३ जेठमा निर्वाचित भएपछि शपथ लिएकै दिन २४ जेठमा सात मन्त्री चयन गरेका थिए । मन्त्रीपरिषद निर्माण भएको ४९ दिनपछि १५ असारमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनपश्चात देउवाले दोस्रोपटक सरकार विस्तार गरेका थिए । ११ साउनमा सरकार विस्तार हुँदा १९ मन्त्री थपिएका थिए । तीन दिनअघि माओवादी केन्द्रबाट आठ राज्यमन्त्री थपिएका थिए । मंगलबार चौथोपटकमा कांग्रेस र लोकतान्त्रिक फोरमबाट राज्यमन्त्री थपिएका हुन् ।

रेकर्ड देउवाकै नाममा ०५२ सालमा ५२ मन्त्री
यसअघि ०५२ मा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५२ सदस्यीय थियो । २२ वर्षपछि आफ्नै नेतृत्वमा सरकार गठन गर्दा देउवा पुरानो रेकर्डनजिक पुगेका छन् । प्रधानमन्त्रीसँग बाँकी भएका चार मन्त्रालयमा मन्त्री र राज्यमन्त्री थपिँदा देउवाले आफ्नै रेकर्ड तोड्नेछन्।

०६२/६३ को दोस्रो जनआन्दोलनपछि र गणतन्त्र आएपछि बनेका सरकारमध्ये अहिलेको ५० सदस्यीय मन्त्रिपरिषद् सबैभन्दा ठूलो आकारको छ । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् ४९ सदस्यीय र माधव नेपाल प्रधानमन्त्री हुँदा ४८ सदस्यीय थियो ।

प्रधानमन्त्रीसँग अझै शान्ति तथा पुनर्निर्माण, वन, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालय बाँकी छन् । यी मन्त्रालयमा पनि मन्त्री थपिँदा मन्त्रिपरिषद्को आकार ५४ पुग्नेछ । यस्तो अवस्थामा सरकार इतिहासकै ठूलो आकारको हुनेछ ।

यी हुन् मंगलबार थपिएका १५ राज्यमन्त्री
कांग्रेसबाट बनेका राज्यमन्त्री
१। सीता गुरुङ -भौतिक पूर्वाधार तथा यातायात०
२। सरिता प्रसाईं – कृषि विकास०
३। शेषनाथ अधिकारी – शिक्षा०
४। नरबहादुर चन्द – वाणिज्य०
५। अब्दुल रज्जाक  – खानेपानी०
६। तप्तबहादुर विष्ट – सूचना तथा सञ्चार०
७। अमरसिंह पुन – सिँचाइ०
८। दिलमान पाख्रिन – कानुन, न्याय तथा संसदीय मामिला०
९। उदयशमशेर राणा – अर्थ०
१०। डिल्लीबहादुर चौधरी – श्रम तथा रोजगार०
११। तेजुलाल चौधरी – युवा तथा खेलकुद०
१२। चम्पादेवी खड्का – सहकारी तथा गरिबी निवारण०

फोरम लोकतान्त्रिकबाट
१३। जनकराज चौधरी – संघीय मामिला तथा स्थानीय विकास०,
१४। सुमित्रा थरुनी – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन०
१५। यशोदाकुमारी लामा – भूमिसुधार तथा व्यवस्था० राज्यमन्त्री बनेका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार नै राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गराएका खबर नयाँ पत्रिकामा रहेको छ । शपथपछि देउवाले मन्त्रीहरूलाई सहयोग पुग्ने गरी काम गर्न राज्यमन्त्रीहरूलाई निर्देशन दिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी