पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल निर्वाचित, कोइराला १०५ मतले पराजित

131 Hits

काठमाडौं, ६ भदौ

नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ ।

प्रेस युनियनसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई एक सय पाँच मत अन्तरले हराएका छन् । आचार्यले ७३२ र कोइरालाले ६२७ मत पाएका छन् ।

प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।

अध्यक्ष पदका अर्का उम्मेदवार उजिर मगरले ५४, इन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत पाए ।

खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् ।  महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भएका छन् ।

यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन् । लेखा समिति सदस्यहरुमा मिरा राजभण्डारी र भुपेन्द्र आचार्य विजयी भएका छन् ।

सटेन्द्र जबेगु (प्रेस चौतारी)
उद्धव तिमिल्सिना (प्रेस युनियन)

प्रदेश नम्बर २

देवराम यादव (प्रेस सेन्टर)
शैलेन्द्र झा (प्रेस युनियन)

प्रदेश नम्बर ३

द्वारिका काफ्ले (प्रेस चौतारी)
कृष्ण गिरी (प्रेस चौतारी)

प्रदेश नम्बर ४

रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)
नवीन कुइँकेल (प्रेस सेन्टर)

प्रदेश नम्बर ५

बसन्त गिरी (प्रेस सेन्टर)
पुरुषोत्तम सुवेदी (प्रेस युनियन)

प्रदेश नम्बर ६

कलेन्द्र सेजवाल (प्रेस युनियन)
पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)

प्रदेश नम्बर ७

मीन बम (प्रेस युनियन)
उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को ४५–४५ बराबर मत ।

काठमाडौं उपत्यका

लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
गोबिन्द चौलागाईं (प्रेस चौतारी)

प्रतिष्ठान तर्फ

टिकाराम प्रधान (प्रेस सेन्टर)
यम बिरही (प्रेस युनियन)

कुन उम्मेदवारले कति मत पाए ? हेर्नुहोस् सूची

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी