पत्रकार महासङ्घको नेतृत्वका लागि आज निर्वाचन हुँदैे, आचार्यको प्यानल बलियो

115 Hits

काठमाडौं, ५ भदौ

नेपाली पत्रकारहरुको छाता संगठनको रुपमा रहेको नेपाल पत्रकार महासङ्घको नेतृत्वका लागि आज निर्वाचन हुँदैे छ । व्यावसायिक पत्रकारिताको आधार प्रेस स्वतन्त्रता र श्रम अधिकारको नारासहित आइतबार काठमाडौँमा सुरु भएको २५ औँ अधिवेशनले ४७ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्नेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार विहान उद्घाटन गरी शुरु भएको महाधिवेशनमा अहिले बिहान ९ बजेदेखि हुने मतदान प्रक्रिया शुरु गर्ने कार्यक्रम तय गरिएको छ । उमेदवारहरुले आइतबार नै उम्मेदवारी दर्ता गरिसकेका छन् ।
अध्यक्ष पदका लागि प्रेस युनियन र पे्रससेन्टर लगायतको गठबन्धनबाट गोविन्द आचार्य, प्रेस चौतारीसहितको प्यानलबाट तीर्थ कोइराला, र इन्द्रबहादुर राउत, उजिर मगर र भावना विद्रोहीले स्वतन्त्र रुपमा उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्ष खुलाको एक पदका लागि विपुल पोख्रेल, मात्रिका पौडेल र दीपक पाठकले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै महासचिव एक पदका लागि रमेश विष्ट र बालकृष्ण बस्नेतले उमेदवारी दिएका छन् । महिला सचिवका लागि लक्ष्मी पुन र सुष्मा पौडेलले उम्मेदवारी दिएका छन् ।  उपाध्यक्ष समावेशी एक पदका लागि दिलीप थापामगर र महेश दासको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदका लागि खगेन्द्र पन्त र राजेश मिश्रको उम्मेदवारी परेको छ ।
केन्द्रीय निर्वाचन समितिले दिएको जानकारीअनुसार ४७ पदका लागि १२१ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये तीन जनाले फिर्ता लिएको र एक जनाको मापदण्ड नपुगेकाले ११७ जना कायम भएको बताइएको छ ।
महासङ्घ विधानअनुसार समावेशी उपाध्यक्ष एक, महासचिव एक र छजना सचिव रहने व्यवस्था छ । छ सचिव पदमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित एसोसिएट गेरर समावेशी बनाइएको छ । त्यस्तै कोषाध्यक्ष एकसहित ११ पदाधिकारी रहने व्यवस्था महासङ्घ विधानमा छ । महासङ्घले भौगोलिक र गैरभौगोलिक गरी प्रत्येक प्रदेशबाट दुई–दुई गरी २० जना, खुलातर्फबाट पाँच जना, महिलामध्येबाट तीन जना, दलितमध्येबाट दुई जना, आदिवासी जनजातिमध्येबाट दुई जना, मधेसी मध्येबाट दुई जना, अपाङ्गता भएका व्यक्तिबाट एक जना, अल्पसङ्ख्यकबाट एक गरी ३६ जना चयन गर्ने व्यवस्था विधानमा छ । सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
महासंघमा प्रेस सेन्टर र युनियनसहितको गठबन्धनको आकार निकै ठूलो भएकाले करिब करिब जित सुनिश्चित भएको विश्लेष्ण वरिष्ठ पत्रकारहरु र सहभागिहरुको रहेको छ । जसको नेतृत्व माओवादी निकट प्रेस सेन्टरका नेता ोविन्द आचार्यले गरेका छन् ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी