वाईसीएल अध्यक्षमा दीपशिखा सर्वसम्मत

64 Hits

काठमाडौं,  ५ भदौ ।

माओवादी केन्द्र निकट वाईसीएलको अध्यक्षमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ सर्वसम्मत चयन भएका छन् । महासचिवमा सुवोधराज शेर्पाली चयन भएका छन् ।

शुक्रबारबाट काठमाडौंको कोटेश्वरमा सुरु भएको एकताको दोस्रो राष्ट्रिय सम्मेलनले आइतबार दीपशिखाको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

१९ सदस्यीय वाईसीएलको पदाधिकारीमा  उपाध्यक्षमा गंगा कार्की, लालेन्द्र मण्डल, सुमन देवकोटा, बिरु तामाङ, यशोदा न्यौपाने र रतन सिं चयन भएका छन् । यस्तै सचिवमा मञ्जु बम, ज्ञानेन्द्रबहादुर गुरुङ, पूर्ण भुजेल, गणेश शाही, मदनबहादुर मल्ल, विश्वबहादुर महत, रञ्जित अधिकारी, दिवस पाण्डे, शिवराम कुसवाहा, सुमित ढुंगाना र कोषाध्यक्षमा मिङ्मा तुण्डु शेर्पा  चयन भएका छन् ।

दीपशिखाको नेतृत्वमा एक सय ५१ सदस्यीय केन्द्रीय समिति र १९ सदस्यीय पदाधिकारी घोषणा गरिएको छ ।

Related News

Comments are closed