बाढिले बगाएर भारत पुगेको एकसिंगे गैंडा चितवन ल्याइयो

236 Hits

चितवन,३ भदौ ।
भारतबाट उद्धार गरेर ल्याइएको दुर्लभ एकसिंगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ ।

केही दिनअघि आएको बाढीले बगाएर भारतको ग्रामीण बस्तीमा पु¥याएको गैँंडालाई उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जको पूर्वी शाखा कार्यालय नजिकैबाट निकुञ्जमा छाडिएको हो ।

अन्दाजी साढे दुई वर्षको जस्तो देखिने पोथी गैँंडालाई बाढीले नेपाल भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिण पूर्वमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारेर ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।
भर्खरै माउबाट छुट्टिएको सो गैँडा भारतको गाउँको घनाबस्तीको बीचमा रहेको उखुबारीमा फेला परेको हो । योसँगै पाँचवटा गैंँडा यसरी बगाएकामा अति जोखिममा रहेको उक्त गैंँडालाई उद्धार गरिएको निकुञ्जको भनाइ छ ।

सो गैंँडालाई डाट गरेर बेहोस बनाई भारतबाट ट्रकमा राखेर ल्याइएको थियोे । रासस

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी