खाल्डोमा जमेको पानीमा डुबेर झापामा एक बालकको मृत्यु

74 Hits

झापा, २ भदौ ।

खाल्डोमा जमेको पानीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ । झापाको कचनकवल गाउँपालिका-१ घेरावारीस्थित भेलामुनी निवासी अम्मर श्रेष्ठको ११ वर्षीय छोरा सुलभको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।

बिहान घरनजिकै खेल्दै गरेका उनी अचानक बेपत्ता भएका थिए । बिहान ६ बजेबाट बेपत्ता भएका बालकको खोजी गर्ने क्रममा उनलाई आफन्तले घर नजिकै रहेको खाल्डोमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालकको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा शवपरीक्षण गरिएको प्रहरीले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी