बैठक हलबाटै माइला लामा गिफ्तार, विप्लव माओवादीले दियो कडा प्रतिक्रिया

141 Hits

काठमाडौं, १ भदौं
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका काठमाडौं उपत्यका विशेष ब्यूरो इन्चार्ज माइला लामा लाई प्रहरीले गिफ्तार गरेको छ ।
वरिष्ठ सा€कृतिक कर्मी समेत रहेका लामालाई विप्लव माओवादीको विद्याथी संगठनको बैठक भइरहेका बेला राजधानीको चावहिल सिथत हिमाल अस्पतालबाट पक्राउ गरिएको विप्लव माओवादीले जनाएको छ ।
बिहिवार प्रहरीले विशेष ब्यूरो इन्चार्ज माइला लामा पक्राउ पक्राउ गरेको पुष्टि गरेको छ ।
उनी विद्यार्थी संगठनको बैठकमा सहभागी हुन जाने क्रममा चावहिलबाट पक्राउ परेका हुन् ।
उनलाई मिटिंग भइरहेको हलबाट गिफ्तार गरी भ्यानमा हालेर सोह्रखुट्टे प्रहरी चौकीमा लगिएको बताइएको छ ।
विप्लव माओवादीका कार्यकर्ताहरुले लामालाई ततकाल रिहा गर्न माग गर्दै सामाजिक संजालमा सरकार र गृहमन्त्री जनार्दन शर्माविरुद्ध आक्रोस पोख्न थालेका छन् ।
विप्लव माओवादीका एक नेताले भने -विना कुनै कारण दिन दाहाडै राजधानीबाट गिरफ्तार गर्ने कार्यले राज्यले राज्य आतंक सिर्जना गर्न खोजेको देखिन्छ तत्काल रिहा नगरे हामीले कडा संघर्षको बाटो रोज्न बाध्य हुने स्थिति आउँछ ।

 

Related News

Comments are closed