भरतपुर १९ मा पुनः मतदानको मिति तोक्न निर्वाचनको आयोग निर्देशन

166 Hits

Election-Commision-काठमाडौं, १६ साउन।

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा हुने पुनः मतदानको मिति तोक्न मुख्य निर्वाचन अधिकृतलाईर् निर्देशन दिएको छ ।

मतदान सम्पन्न भई सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणना कार्य सम्पन्न गर्न पनि भरतपुर महानगरका मुख्य निर्वाचन अधिकृतलाईर् भनिएको आयोगले जनाएको छ ।

वडा नंं १९ का सवै मतदान केन्द्रमा मतदान हुने स्थान, मिति र समय तोकी आवश्यक सुरक्षा व्यवस्था मिलाई यथाशीघ्र पुनः मतदान गराउन निर्देशन दिएको हो ।

भरतपुर १९ को मत गणना चलिरहेका बेला जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएको थियो । छानविन गर्दा ९० मत पत्र च्यातिएको भेटिएपछि आयोगले वडा नं. १९ मा पुनःमतदान गर्ने निर्णय गर्‍यो । सर्वोच्चले आइतबार रिट खारेज गर्दै पुनः मतदान गर्ने आयोगको निर्णयलाई सदर गरेको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी