आयल निगमको अर्को झुट, संसदीय समितिलाई छल्दै निजी जग्गा खरिद

150 Hits

काठमाडौं, १६ साउन ।

नेपाल आयल निगमले ९० दिनसम्म पुग्ने पेट्रोलियम भण्डारण गृह निर्माण गर्न सरकारी जग्गा खरिदको पहल नै नगरी निजी जग्गा किनेको खुलेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समिति र विभागीय आपूर्ति मन्त्रालयले सरकारी जग्गामा भण्डारण गृह निर्माण गर्न निर्देशन दिएका थिए । निगमले भने सरकारी जग्गा यथेष्ट नभेटिएको र खरिद प्रक्रिया झन्झटिलो भएको कारण देखाउँदै निजी जग्गा खोजेर भण्डारण गृह निर्माणको प्रक्रिया अघि बढाएको संसदीय समितिलाई जानकारी गराएको थियो ।

तर, निगमले संसदीय समितिलाई छल्दै विभागीय मन्त्रालयको मिलेमतोमा निजी जग्गा खरिद गरेको भेटिएको छ । आयल निगमका अधिकारीले यस विषयमा स्पष्ट धारणा राख्न मानेका छैनन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी