भरतपुर महानगरपालिका १९ मा पुनः मतदान गर्ने सर्वोच्चको फैसला

379 Hits

Renu-dahal-and-Debi-gyawali-1-1काठमाडौं, १५ साउन ।
सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने फैसला गरेको छ । बहुचर्चित मुद्धा बनेको भरतपुर १९ को मतगणना विवाद अन्तत्वगत्वा पुन मतदान गर्ने निर्णय गर्दै आज अन्त्य भएको हो ।
यस अघि अन्तीम अवस्थामा रहेको मतगणनाको क्रममा मत पत्र च्यातिएपछि निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णय विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा बहस आज सकिएको थियो ।

उत्पन्न विवादका सम्बन्धमा सर्वोच्चमा जारी मुद्दामा आइतबार सर्वोच्चका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीले फेरि मतदान गर्नुपर्ने फैसला सुनाएका हुन् । भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गरेको हो ।

पुन मतदानका लागि माओवादी र कांग्रेस गठबन्धनले माग गर्दै आएको थियो भने एमालेले पुन मतदान नभई मतगणना गरिनुपर्ने जिकीर गर्दै आएको थियो ।  भरतपुर महानगरपालिका मतगणनाको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो ।

भरतपुरको बहस सकियो, के आउला फैसला ?

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी