सरकार भन्छ -‘प्रदेश र केन्द्रको निर्वाचन एकै दिनमा’, आयोग भन्छ -‘सकिंदैन’

270 Hits

;'zf;g ;ldltsf] a}7s Joj:yflksf–;+;bcGtu{t ;'zf;g tyf cg'udg ;ldltsf] cfOtaf/ l;+xb/af/df a;]sf] a}7sdf lgjf{rg;DaGwL ;d;fdlos ljifodf hfgsf/L lbFb} k|d'v lgjf{rg cfo'Qm 8f=cof]wLk|;fb ofbj . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, १५ साउन
निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन एकै पटक गर्न नसकिने बताएको छ । सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले एकै दिनमा प्रदेश र केन्द्रको निर्वाचन गराउन तयारी थाल्न निर्देशन दिएलगत्तै निर्वाचन आयोगले भने दुबै निर्वाचन एकै चोटी गर्न नसकिने स्पष्ट पारेको हो । आयोगले दुबै निर्वाचन एकै पटकमा गर्न मिल्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संविधान, कानुन तथा निर्वाचनको व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणबाट पनि प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन एकैपटक गर्ने अवस्था नरहेको प्रष्टयाएका हुन् ।
सरकारले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकैपटक गर्ने तयारी गरिरहेको छ । तर, निर्वाचन आयोगले भने त्यसो गर्न संविधान र कानुन अनुसारनै नमिल्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको हो ।
आईतबार बसेको व्यवस्थापिका संसद सुशासन तथा अनुगमन समितिको बैठकमा बोेल्दै प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश सभाको निर्वाचन नभई राष्ट्रिय सभा निर्वाचन गराउन मिल्ने अवस्था नरहेको पनि उल्लेख गरे ।
निर्वाचन आयोगले यस अघि नै असोज अन्तिम साता प्रदेश सभाको, कार्तिकको तेस्रो साता राष्ट्रिय सभाको र मंसीरको पहिलो साता प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयार पारेको कार्यतालिका सरकारलाई बुझाई सकेको स्मरण पनि यादवले गराएका छन् । प्रमुख निर्वाचन आयुक्त यादवले आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको पनि दोहो¥याए ।
प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तह तेस्रो चरणको निर्वाचनको तयारीको कामलाई तीव्रता दिइएको पनि जानकारी गराए ।
असोज २ गते स्थानीय तह तेस्रो चरणको निर्वाचन सम्पन्न हुँदैछ । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका लागि भदौ ७ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय र भदौ १२ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जानकारी दिए ।
निर्वाचन आयोगले भदौ २१ गते उम्मेदवार मनोनयन हुने गरी स्थानीय तह तेस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी