ठूलो दुर्घटनाबाट बालबाल बच्यो बुद्ध एयरको जहाज, यात्रीको अनुभुतिसहित…

7703 Hits

buddha air

काठमाडौं, १५ साउन ।
चितवनको भरतपुरबाट काठमाडौंका लागि उँडेको बुद्ध एयर नाइन एन आइटिको जहाज ठूलो दुर्घटनाबाट बँच्न सफल भएको छ । भरतपुरबाट काठमाडौको लागि उडेको बुद्धएयरको प्लेनमा उडेको ७ मिनेटमा प्राविधिक समस्या आएको भन्दै पुन भरतपुर विमानस्थल तर्फ मोडिएको थियो , तर अत्याधिक बर्षा भइरहेको र मौसम राम्रो नभएको कारण भरतपुर एयरर्पोटमा समेत जाहाज ओराल्न नसक्ने अवस्था आएपछि पुन काठमाडौं तिर नै जहाज अगाडि वढाइयो । प्राविधिक गडवडि भएको जहाज भित्रका यात्रुहरुलाई कस्तो अनुभुति भयो होला , तर पाइलटले अत्यन्त सावधानीपूर्वक ३५ मिनेटमा काठमाडौंमा ल्याइपुर्याए । जवकी भरतपुर काठमाडौंको हवाई दुरी १७ मिनेटको मात्रै हो ।
उक्त जहाजमा यात्रा गरेका सामुदायी रेडियो प्रसारक संघ का केन्द्रीय महासचिव गोविन्द देवकोटाले आफ्नो फेसबुक वालमा सानो अनुभुतिसहित स्टाटस लेखेका छन्, यात्रुहरुको मन पुरै चिसो भइसकेको थियो तर पाइलट क्याप्टेन शिखर ढकालले कुशलतापुर्व ३५ मिनेटमा काठमाडौं अवतरण गराएको जानकारी दिएका छन् । उनले क्याप्टेन ढकाललाई धन्यवाद दिएका छन् ।  उनले लेखेका छन् ।

govinda devkota 1

भरतपुरबाट काठमाडौको लागि हिडेको बुद्धएयरको प्लेनमा उडेको ७ मिनेटमा प्राविधिक समस्या आएको भन्दै पुन भरतपुर विमानस्थल तर्फ मोडियो । अत्याधिक बर्षा भइरहेको र मौसम राम्रो नभएको कारण भरतपुर एयरर्पोटमा समेत जाहाज ओराल्न नसक्ने भएकोले फेरी काठमाडौ विमानस्थल तर्फ जाने जानकारी एयर होस्टेसले गराईन । प्लेन भित्र रहेका यात्रुहरुको मन चिसो भइसकेको थियो । जोखिमपूर्ण अवस्थामा भरतपुरबाट उडेको जाहाज करिव ३६ मिनेटमा काठमाडौ एयरर्पोटमा अवतरण भयो । धन्यवाद बुद्धएयरका क्याप्टेन शिखर ढकाललाई’

फोटो- गोविन्द देवकोटाको वालबाट

 

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी