संसदले जे निर्णय गर्छ राजपाले स्वीकार्न तयार हुनुपर्छ- अनन्त

94 Hits

anantaकाठमाडौं–
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदमा संविधान शंसोधन प्रस्तावमाथि जे निर्णय आउँछ त्यसलाई राजपाले स्वीकार गर्नुपर्ने बताएका छन् । संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव एकदुई दिनभित्रै निर्णयार्थ पेश गर्ने सरकारको तयारी रहेको जानकारी दिंदै नेता अनन्तले त्यसको विकल्प सरकारसँग नरहेको बताएका हहुन् ।
काठमाडौमा आइतबार भएको साक्षात्कारमा नेता पुनले संशोधन प्रस्ताव टुङगो लगाउने निश्कर्षमा दलहरु पुगेको भन्दै राजपाले परिणाम स्वीकार्न तयार हुनुपर्ने बताए ।
उनले भने ‘खेलको नियम मान्नुपर्छ, हामी ईमानदारितका साथ दुई तिहाई पुर्याउने कोशिश गरिरहेका छौं, प्रस्ताव फेल वा पास जे भएपनि राजपाले मान्नुपर्छ ।’
नेता पुनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि संशोधन प्रस्तावमा लचिलो बन्नुपर्ने विचार व्यत्तः गरे । त्यस्तै उनले संशोधन प्रस्ताव पारित भए नेपालको स्वाधिनता, समृद्धि, शान्ति र स्वाभिमानमा टेवा पुग्ने उल्लेख गर्दै भने,‘एमाले र मधेशवादी दलहरु दुई कित्तामा उभिएका छन्, यीनीहरुलाई मिलाउनको लागि नै अहिलेको कांग्रेस र माओवादी केन्द्रको मध्यमार्गी गठबन्धन बनेको हो ।’

नेकपा एमालेका नेता प्रकाश ज्वालाले प्रदेश र केन्द्रको निर्वाचन एकै चरणमा गर्नको लागि आफ्नो पार्टीको सहमति रहेको स्पष्ट पारे ।
कार्यक्रममा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पनि संविधान संशोधन प्रस्तावलाई तत्काल निर्णयार्थ पेश गर्न माग गरे । यादवले उक्त प्रस्ताव निर्णयार्थ पेश गरे आफूहरु खेलको नियम मान्न तयार रहेको समेत स्पष्ट पारे । उनले भने,‘संशोधन प्रस्ताव तत्काल भोटिङमा लैजानुपर्छ, हामी परिणाम स्विकार गर्न तयार छौं, फुटबल खेलेपछि खेलको नियम हामी मान्छौं।’ यद्धपी उनले सरकारले यसको लागि गम्भिर पहल गर्नुपर्ने धारणा राखे ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी