पुरै अमेरिका आफ्नो मार क्षेत्रमा रहेको उत्तर कोरीयाको दावी

160 Hits

koreaकाठमाडौं, १४ साउन ।
अमेरिकाको कडा विरोधी राष्ट्र उत्तर कोरीयाले पछिल्ले पटक गरेको आफ्नो क्षेप्यास्त्र परिक्षणपछि पुरै अमेरिका आफ्नो मार क्षेत्रमा रहेको दावी गरेको छ ।
पटक पटक शक्तिसाली क्षेप्यास्त्र परिक्षण गर्दै दक्षीण कोरीयालाई चुनौति दिंदै आइरहेको उत्तर कोरियाले शुक्रबार गरेको शक्तिशाली क्षेप्यास्त्र परिक्षणको नतीजा सार्वजनीक गर्दै यस्तो दावी गरेको हो । उत्तर कोरीयालाई क्षेप्यास्त्र परिक्षण नगर्न अमेरिकाले पटक पटक चेतावनी दिंदै आइरहेको बेला उत्तर कोरियाले अमेरिकालाई समेत चुनौति दिंदै पछिल्लो क्षेप्यास्त्र परिक्षण गरेको हो । कोरियाले पछिल्लो समयमा परिक्षण गरेको इन्टरकन्टीनेन्टल व्यालेस्टीक मिसाइलले अमेरिका पुरै मार गर्न सक्ने दावी प्योंगयांगको रहेको छ । उक्त क्षेप्यास्त्रको मार क्षमता २३ सय माइल अर्थात ३७३४ किलोमिटर रहेको दावी उसको छ ।

missiles_ranges
कोरीयाको उक्त कदमप्रति अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्पले आपत्ती जनाउँदै खतरनाक र आत्मघाती कदमको संज्ञा दिएका छन् भने जापान, दक्षीण कोरियाले उत्तर कोरियाको कदमबाट आफूहरु हतोत्साही नहुने बताएका छन् । यस वर्ष २०१७ मा मात्रै १४ वटा शक्तिशाली क्षेप्यास्त्र परिक्षण गरिसकेको छ ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी