असारमा देउवाले बाँडे आफ्नालाई २९ लाख र सुर्खेतको महिला जेसिसलाई १५ लाख

541 Hits

काठमाडौं , १४ साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदभार सम्हाल्ने क्रममा सुशासनका लागि सदाचार नीति लागू गर्ने निर्णय गरेका थिए । त्यसको विपरीत मन्त्रिपरिषद्ले भने धमाधम आर्थिक सहायता वितरण र कर्मचारीको विदेश भ्रमण स्वीकृत गर्ने कामलाई बढावा दिइरहेको छ ।

असार मसान्तसम्म मन्त्रिपरिषद्ले एक गैरसरकारी संस्था र अन्य आठ जनालाई गरी ४४ लाख आर्थिक सहायता वितरण गरेको छ । सांसद् रामेश्वर ढुंगेललाई चार लाख आर्थिक सहायता दिइएको छ भने बुद्धिकुमारी पाण्डे रुपन्देहीले पाँच लाख सहायता पाएकी छन् ।यसैगरी अन्य आठजनालाई पनि देउवाले आर्थिक सहायता बाँडेका आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

असार महिनामा मात्र आठ जनालाई २९ लाख र सुर्खेतको महिला जेसिसलाई १५ लाख दिइएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी