नयाँ शक्तिमा पुरानै राजनीति, केन्द्रीय परिषद भंग, प्रबक्ता देवकोटाको राजीनामा

3808 Hits

maxresdefault

काठमाडौं, १३ साउन ।
नयाँ राजनीतिक मूल्य मान्यता र संस्कार स्थापीत गर्ने नाराका साथ जन्मीएको नयाँ शत्क्ति पार्टी एक वर्ष नपुग्दै भद्रगोल अवस्थामा पुगेको छ । तत्कालिन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष रहेका डा. बाबुराम भट्टराईले माओवादीको नेतृत्व आफूलाई नदिएपछि उक्त पार्टी परित्याग गरी नयाँ शक्ति नेपाल नामक पार्टी गठन गरेका थिए ।

तर उनको पार्टीको गठनदेखि अहिलेसम् नयाँ भन्दा पुरानै राजनीीतक संस्कारहरुले घर गरेको र नयाँ गर्न नसकेको भन्दै आलोचनाहरु आइरहेको छ ।
पार्टी घोषणा गर्दा रंगशालामा भएको कार्यक्रमदेखि स्थानिय तहको निर्वाचनसम् आउँदा पार्टीले निरन्तर उल्टो ट्रयाक लिइरहेको भन्दै पार्टी प्रबक्ता समेत रहेका खिमलाल देवकोटाले राजीनामा दिएका छन् भने नयाँ नेतृत्व चयन आवश्यक भएको भन्दै महाधिवेशन गर्नुपर्ने चर्को आवाज उठेपछि केन्द्रीय परिषद नै भंग गरिएको छ । र महाधिवेशनको लागि डा। बाबुराम भट्टराईलाई संयोजक तोकीएको छ ।

शुक्रबार बसेको संघीय परिषद बैठकमा सबै संघीय कार्यकारी समितिका सदस्यहरुले राजीनामा दिएका छन् । यससँगै सबै संघीय परिषद्को सदस्य भएका छन् ।

बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले पार्टी पुनर्गठनको प्रस्ताव राखेका थिए । उनले २०७५ को बैशाख महिनासम्ममा पार्टी प्रथम संघीय कमिटी निर्वाचित गर्ने र संघीय महाधवेशन गर्ने प्रस्ताव गरेका थिए । त्यसका लागि विद्यमान केन्द्रीय समितिलाई पुनरावलोकन गरी महाधिवेशन आयोजक कमिटी बनाउने उनको प्रस्ताव छ । त्यस अनुसार नै संघीय कार्यकारी समितिका सदस्यहरुले राजीनामा दिएको एक नेताले बताएका छन् ।
संघिय समाजवादी फोरमसँग पार्टी एकता गर्ने निश्कषउृमा पुगेका डा. भट्टराई पार्टी भित्रका बहुमत केन्द्रीय नेताहरुले विरोध गरेपछि एकताबाट वइाक भएका थिए ।

नयाँ शक्ति नेपालका प्रवक्ता तथा सञ्चार विभाग प्रमुख खिमलाल देवकोटाले पदबाट राजीनामा दिएका छन्।

स्थानीय तह निर्वाचनमा पार्टीले हार ब्यहोरेकोमा जिम्मेवारी लिँदै देवकोटाले ले पदबाट राजीनामा दिएका हुन्। साउन १० गते पार्टी संयोजक डा. बाबुराम भट्टराईलाई पदीय जिम्मेवारी त्याग गरेको जानकारी गराएका देवकोटाले पार्टीले भोगेको पराजयप्रति जिम्मेवारी कोही न कोहीले त लिनुपर्ने भन्दै आफूले राजीनामादिएको बताए।

के छ देवकोटाको बक्तव्यमा ?

‘२०७० सालको निर्वाचनमा आफु संलग्न रहेको पार्टी पहिलोवाट तेश्रोमा झर्दा नैतिकका आधारमा अध्यक्षले राजीनामादिनुपर्छ भनियो निकै जोड गरियो नयाँ शक्तिको खाँचो यसकारण पनि छ भनेर त्यसैलाई पनि कारण बनाइयो’ उनले लेखेका छन् ‘तर आज आफूलाई पर्दा ती प्रसंगवश पनि देखा परेनन्। त्यसैले कहिँ न कहिँ समस्या छ। यस्तो लागेर कसै न कसैले जिम्मा लिन पर्छ भन्ने महसुस भइ मैले नैतिक जिम्मेवारी लिदै पार्टी प्रवक्ता, सञ्चार विभाग प्रमुख र कार्यकारी समितिको पद परित्याग गर्ने निश्कर्षमा पुगेको व्यहोरा यस अघि अनौपचारिक छलफलमा व्यक्त गरेकै थिए। सोही कुरालाई अहिले औपचारिक रुपमा यो जिम्मेवारी परित्यागको पत्र प्रेषित गरेको छु।’

‘रंगशालाको लाखौको जमातबाट कमलादीमा केही हजार लिएर पुग्यो। त्यहाँबाट पनि बबरमहलमा केही सय मान्छे लिएर आयौं। बबररमहलबाट पनि तिन सहसंयोजक लिएर संयोजकज्यू पार्टी कार्यकक्षमा प्रवेश गर्नुभो’ देवकोटाले लेखेका छन् ‘त्यस पछिको लगभग असी प्रतिशत समय परिषद सदस्य थप्ने कार्यसमिति सदस्य थप्ने र वढुवा गर्ने ध्यानमा नै प्राय वैठकहरु सकिन थाले। पटक पटक मैले असहमति राख्दै आए तर सुनुवाई भएन। पार्टीको वैकल्पिक राजनीतिको हेक्कासम्म पनि हुन छाडयो।’

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी