पाकिस्तानी प्रधानमन्त्री सरिफ अयोग्य , दिए राजीनामा

124 Hits

Navaj-sarif

काठमाडौं, १३ साउन,
पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले सार्वजनिक पदका लागि अयोग्य ठहर गरेलगत्तै उनले राजीनामा गरेका हुन् । प्रधानमन्त्रीको पाँच वर्षे पूर्णकार्यकाल पूरा गर्न एक वर्ष बाँकी छँदै शरीफ पद छाड्न बाध्य भएका छन् ।
पनामा पेपर्सले नवाज शरीफ र उनका परिवारका सदस्यहरुले कालो धन राखेको तर सम्पत्ति विवरणमा नदेखाएको खुलासा गरेको थियो । त्यसैलाई टेकेर उनीविरुद्ध विपक्षी दलका नेता इमरान खानलगायतले अदालतमा मुद्दा दायर गरेका थिए ।

सोही मुद्दामा पाँच सदस्यीय पूर्ण इजलासले सर्वसम्मत रुपमा प्रधानमन्त्री शरीफलाई दोषि ठहर गरेको छ । तर शरीफ परिवारले कालो धन राखेको आरोप अस्वीकार गर्दै आएको छ ।

पाकिस्तानी समाचारपत्र डनका अनुसार, शुक्रबारदेखि नै अदालतको फैसलाको प्रतिक्षामा पाकिस्तानी जनता ब्यग्र भएका बसेका थिए । इस्लामावादमा रहेको सर्वोच्च अदालतको कोठा नंं १ मा आज बिहान ११ बजेर ४५ मिनेटमा सुनुवाई सुरु भएको थियो ।

सन् १९९० को दशकमा धनशोधनका माध्यमबाट लण्डनमा सम्पत्ति किनेको विषयमा पनामा पेपरमा शरीफको नाम जोडिएको थियो । शरीफ दुईपटक प्रधानमन्त्री भएको बेला यी सम्पत्ति जोडिएको खुलासा गर्न वर्ष पनामा पेपर लिक भएपछि थाहा भएको थियो ।
यी सम्पत्तिका पछाडि विदेशमा स्थापित कम्पनीहरुको धन लागेको छ । तर यी कम्पनीको स्वामित्व शरीफका छोराछोरीसँग रहेको छ । यसमा लण्डनका चारवटा महंगा घर समेत रहेका छन् ।
नवाज शरीफ पाकिस्तानको तीन पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । उनलाई अदालतले कुनै पनि सार्बजनिक पदका लागि अयोग्य ठहर गरिदिएको छ ।

सैनिक शासक परवेज मुशर्रफले तत्कालीन प्रधानमन्त्री शरीफलाई अपदस्थ गरेर शासन सत्ता हातमा लिएपछि शरीफले देश नै छाड्नुपरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सईद खोसा र गुलजार अहमद पाँच सदस्यीय इजलासले नवाज शरीफलाई दोषी ठहर गरेको हो ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी