वैदेशिक रोजगारीमा रहेका श्रमिकका विषयमा के गर्दैछ परराष्ट्र मन्त्रालय ?

242 Hits

mahara

काठमाडौं, साउन
नेपालका आधा भन्दा वढि युवाहरु वैदेशीक रोजगारीमा छन् । गाउँका गाउँ खाली हुँदै गएका छन् भने देश युवा विहीन बन्ने खतरा बढ्दैछ । त्यतिमात्रै होइन वैदेशिक रोजगारीमा गएका यु्वाहरुको भौतिक सुरक्षा र जिवनयापनको समेत धरै समस्या देखिएको छ । दैनिक आधा दर्जनको दरले बाकसमा कैद भएर युवाहरुको जिवन त्रिभुवन विमानस्थलमा फर्किइरहेको छ ।

यस अवस्थामा नेपालको परराष्ट्र मन्त्रालयले के गरिरहेको छ ? वैदेशिक रोजगारी र विशेष गरेर खाडी जस्ता मुलुकमा रहेका नेपालीहरको विषयमा सरका के गर्दैछ त्यस क्षेत्रको जिम सम्हालेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले के सोचेका छन् त ?
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अन्तरमन्त्रालय समन्वयलाई प्रभावकारी बनाएर वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधान गरिने बताएका छन् ।

व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा मन्त्री महराले राज्यका निकाय एवम् विदेशस्थित नियोगलाई एकीकृत ढङ्गबाट परिचालन गरेर तत्कालको समस्या सम्बोधन गर्ने स्पष्ट पारे । महराको भनाई थियो “आजको समस्यालाई बुझेर वैदेशीक रोजगारीलाई व्यवस्थित गर्नु नै वस्तुवादी हुन्छ ।”

मन्त्री महराले आफू श्रम तथा रोजगार मन्त्रालयसँग निरन्तर संवाद गरेर समस्याको समाधान गर्न लागि गरेको बताए ।उनले परराष्ट्र, गृह, अर्थ र श्रममन्त्रालयका प्रतिनिधिसहितको संयन्त्र बनाइसकेको जानकारी दिँदै श्रमीकका समस्यालाई तदारुपताका साथ परिणामुखी बनाउने विश्वास दिलाए । मन्त्री महराले भने, “श्रमीकका विषयमा सरकार संवेदनशील र गम्भिर छ ।”

मध्यपूर्वमा काम गर्ने श्रमिकका विषयमा विशेष ढङ्गबाट सोच्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले खाडी राष्ट्रका कूटनीतिक नियोग र श्रमसहचारीसहितको सम्मेलन गरेर समस्यालाई सम्बोधन गर्ने सोचका साथ आफू अगाडि बढेको जानकारी दिए ।

त्यसैगरी महराले अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सदस्यको सहभागिता हुने गरी मध्यपूर्वमा खटिएका कूटनीतिक नियोग र श्रमसहचारीको समन्वय तथा सेमिनार गरेर श्रमिकका विषयमा तत्काल गर्न सकिने कार्यलाई अगाडि बढाउने बताए ।

तत्काल श्रमिक फिर्ता गर्न नसकिएपनि व्यवस्थित र सुरक्षित बनाउन सरकारले पहल गर्ने विश्वास दिलाउँदै मन्त्री महराले त्यस कार्यका लागि सरकारले गम्भिररुपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकसँगको कुटनीतिक सम्बन्ध अझ सबल गराउने बताउँदै उनले सरकारी तहमै श्रम सम्झौता गरेरमात्र श्रमिक पठाइने बताए । मन्त्री महराले तत्कालका लागि द्विपक्षीय परामर्श संयन्त्र बनाएर समस्याको समाधान गर्ने बताए ।

मराले अगाडि थपे, “संयन्त्र बनाएर काम गर्दा आपसका समस्या पहिचान भइ समस्याको समाधान हुन्छ ।” मन्त्री महराले नेपाली नियोगमा रहेका श्रम डेस्कलाई प्रभावकारी बनाइने बताए ।

दीर्घकालमा मुलुकमै औद्योगिक विकास गरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताउँदै उहाँले आफू अर्थमन्त्री हुँदा २०० बन्द उद्योग पुनःस्थापना भएको र ६ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएकोले त्यसलाई निरन्तरता दिने गरी अगाडि बढ्नुपर्ने बताए ।

विदेशमा जाने श्रमिकका लागि स्वदेशमै रोजगार स्थापना गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने र समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने हाम्रो लक्ष्य छ तर त्यो लक्ष्य आजै पूरा हुन सक्दैन– मन्त्री महराले भने ,“सकारात्मक लक्ष्य प्राप्तिका लागि निरन्तर पहल गर्नुपर्छ ।”

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी