धादिंगका शहीद, वेपत्ता परिवारको प्रश्न, हाम्रो १ लाख कहाँ हरायो ?

230 Hits

bepattaधादिंग, १२ साउन ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारले माओवादी जनयुद्धको अवधिमा मृतक र वेपत्ता भएका परिवारको लागि राहत दिने भन्दै प्रतिव्यक्ति ५ लाख रुपैयाँ रकम जिल्लास्थित प्रमूख जिल्ला अधिकारी मार्फत उपलव्ध गराउन अख्तियारी दियो ।
तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारले उक्त रकम दिने निर्णय गरी अर्थमन्त्री कृष्णबहादुर महराले अख्तियारी समेत प्रदान गरेका थिए । सोही अनुुसार सबै जिल्लाहरुमा रहेको स्थानिय शान्ति समिति र कार्यदल हरुले आफ्ना जिल्लामा भएका मृतक (शहीद), वेपत्ताको विवरण शान्ति मन्त्रालय मातहत गठन गरिएको शान्ति कार्यदललाई पठाए र राहत इकाई मार्फत शान्ति मन्त्रालयले विवरण अद्यावधिक गरी रकम माग गर्यो अर्थमन्त्रालयले उक्त रकम स्वीकृत गरी बजेट अगावै अख्तियारी दियो ।

सबै जिल्लाहरुमा मृतक र वेपत्ताहरुको प्रतिव्यक्ति ५ लाखका दरले भर्पाइ गराई रकम खातामा हालीयो । धादिंगमा पनि प्रतिव्यक्ति ५ लाखको दरले पीडित परिवारलाई भर्पाइमा सही र ल्याप्चे लगाउन लगाइयो । पीडित परिवारले ५ लाखकै भर्पाईमा सही र ल्याप्चे लगाए । तर उनीहरु त्यतिवेला छक्क परे जव बैंक खातामा जम्मा ४ लाख मात्रै जम्मा भएको पाइयो ।
धादिंगको पीडित परिवार सबैले ४ लाख मात्रै आफ्नो खातामा जम्मा भएको बताएका छन् । दुई तिन पटक खाता चेक गर्दा पनि ४ लाख भन्दा देखिएन धादिंगमा राज्यद्धारा वेपत्ता नागरिक परिवार समाजका अध्यक्ष टिकानाथ कडेलले भने खै किन यसो गरेको हो कसैलाई पनि भनिएको छैन । हामीलाई ५ लाखको भर्पाइमा सहि गराइएको छ तर जम ४ लाख मात्रै खातामा हालिएको छ के हो बुझ्नै सकिएन । उनले आफूसँग सबै वेपत्ता परिवारले गुनासो गरिरहेको बताए । सबैले के भएको हो भन्दै सोध्छन् सिडिओले पछि पूर्ती हुन्छ भन्नुहुन्छ ।

तर हाम्रो नाममा आएको १ लाख कहाँ गयो हामीलाई थाहा छैन । सबै पीडितहरुको एउटै गुनासो छ किन हाम्रो १ लाख दिइएन कहाँ गयो हाम्रो १ लाख रु उनीहरुले यो विषय प्रधानमन्त्रीसम्म ध्यानाकर्षण गराउन आवश्यक रहेको बताएका छन् ।
यस विषयमा धादिंगका प्रमूख जिल्ला अधिकारीसँग सम्पर्क गर्न खोज्दा उनी सँग सम्पर्क हुन नसकेपछि एक कर्मचारीले उक्त रकम विस्थापितहरुलाई उपलव्ध गराइएको र पछि पूर्ती गर्नको लागि माथि माग गरिएको बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी