अफगानिस्तानको सैनिक क्याम्पमा भिडन्त, ८० तालिवान र २६ सैनिकको मृत्यु

116 Hits

afganistanसाउन १२ ।

तालिवानले दक्षिणी कान्दाहारको सैनिक क्याम्प लक्षित गरी आक्रमण गरेपछि दोहोरो भिडन्त भएको छ । उक्त भिडन्तमा ८० जना तालिवान र २६ सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । त्यस्तै अन्य १३ सैनिक घाइते भएका छन् ।

तालिवानले कम्तीमा ७० सैनिकहरूलाई मारेको दाबी गरेका छन् । उनीहरूले खक्रेज जिल्ला पूर्णरूपमा आफ्नो कब्जामा रहेको बताए । यसअघि अफगानी गुप्तचर संस्थाले भने ४० जना सैनिक मारिएको जनाएको थियो ।

एक वरिष्ठ सैनिक अधिकारीका अनुसार आक्रमणपछि १२ सैनिक अझै बेपत्ता छन् ।

अफगानिस्तानमा सन् २०१४ यता अमेरिकी नेतृत्वको नेटो सेनाले तालिवानविरुद्ध संघर्ष गरिरहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी