भ्रष्टाचार अभियोगमा पक्राउ गरिएकालाई बन्दी प्रत्यक्षिकरण रिट कीन ?

505 Hits

chudamaniकाठमाडौं, ११ साउन ।
नेपालको कानुन दैवले जानुन् भन्थे अहिले त्यस्तै चरितार्थ हुँदै गइरहेको देखिन्छ । १० अरब कर छलीको अभियोगका आफ्नै कार्यलयबाट पक्राउ परेका एक उच्चस्तरिय सरकारी हाकीमलाई अदालतमा पेश गरेर म्याद थप गरि थुनामा राखीरहेको अवस्थामा सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेर त्यसै भनाईलाई चरितार्थ गरेको हो ।
कर छुट आयेगका प्रमुख चुडामणी शर्मालाई अख्तियार दुरुपयोग अनुसान्धान आयोगले कर छलीको आरोपमा पक्राउ गरी विशेष अदालतमा मुद्धा दायर गरेर अगाडि वढीसकेको अवस्थामा अदलातबाट उनलाई थप अनुसन्धानको लागि थुनामा राख्न् आदेश दिएको थियो तर उनलाई गैरकानुनी रुप्ले थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरियो । कानुनी रुपले नै यो प्रक्रिया नमील्दो छ । विश्लेषकहरु भन्छन् –पक्राउ पुर्जि दिएर गिरफ्तार गरी अदालतको आदेशबाट थुनामा राखीएको व्यक्ति कसरी गैरकानुनी रुपले पक्राउ पर्यो र उसलाई रिहा गर्न माग गरिएको रिट सर्वोच्चले दर्ता गरेको ?
बन्दी प्रत्यक्षीकरण रिट भनेको त पक्राउ पुर्जी नदीइ गिरफ्तार गरी २४ घण्टासम्म अदालत पेश नगरी थुनामा राखेको व्यक्तिको हकमा मात्र लागु हुन्छ । संविधानले बन्दी प्रत्यीक्षकरण रिटको लागि स्पष्ट व्यवस्था गरी मापदण्ड समेत निर्धारण गरेको छ । एक कानुन व्यवसयाी भन्छन् भ्रष्टाचारको अभियोगमा पुर्जि दिएर पक्राउ गरिएको व्यक्तिको हकमा यो रिट दर्ता गर्नु नै सर्वोच्चको त्रुटि हो । हुन त ठूलाबडालाई के को कानुन लाग्छ र यो देशमा उनी भन्छन् त्यति मात्रै होइन उनलाई छुटाउनकै लागि धेरै ठूला नेता र वकीलहरु मात्रै होइन सर्वोच्चकै पदाधिकारी लागीरहेका छन् ।
शर्माको मुद्धामाथि सर्वोच्चमा बहस भई उनको विशेष अदालतमा पेश भएको मिसील पनि सर्वोच्चमा झिकाउने आदेश सर्वोच्चले गरिसकेको छ । त्यसले पनि उनलाई विशेष अदालतले अनुसन्धानको प्रक्रिया अगाडि वढाउन नपाउने गरी क्षेत्राधिकार अनावश्यक रुपले हस्तक्षेप भएको कानुनवीद्हरुको तर्क छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी