महासंघ भन्छ– राष्ट्रपति, निजी संचार माध्यमलाई पनि पास देउ

81 Hits

FNJ-nepalकाठमाडौं, ११ साउन ।
नेपाल पत्रकार महासंघले मन्त्रीमण्डलको सपथ ग्रहणमा रिपोर्टींगको लागि नीजि संचार माध्यमलाई पनि पास दिन राष्ट्रपतिसमक्ष माग गरेको छ ।
केही समयदेखि राष्ट्रपति भवनमा हुने सार्वजनिक कार्यक्रममा निजी क्षेत्रका सञ्चारमाध्यमप्रति अनुदार र विभेदपूर्ण व्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव उजिर मगरले विज्ञप्ति निकालेर अन्य कतिपय कार्यक्रममा पनि यस्तै किसिमको विभेदपूर्ण व्यवहार भइरहेकोमा महासंघले आपत्ति जनाउने गरेको र त्यसलाई सच्याउने बचन दिने गरिएकोमा फेरि त्यस्तै खालको व्यवहार हुनु दुःखद् भएको उल्लेख गरिएको छ ।
केही दिनअघि प्रधान न्यायाधीशको शपथ कार्यक्रममा सरकारी सञ्चारमाध्यमलाई प्रवेश दिइए पनि स्वतन्त्र सञ्चारमाध्यमलाई प्रवेशमा रोक लगाइएको भन्दै महासंघले आपत्ति जनाएको छ । यस्तै बुधबार हुने मन्त्रिपरिषदका सदस्यको शपथमा पनि निजी क्षेत्रका सञ्चारमाध्यमलाई प्रवेश नदिने जानकारी गराइएकोप्रति पनि महासंघले चासो व्यक्त गरेको हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी