६८ औं हलोक्रान्ति दिवस आज मनाइँदै

२००६ साल साउन ११ गते २७ जना बाहुनले नेपालमै पहिलोपटक हलो जोतेका थिए ।
68 Hits

lamjungलमजुङ, ११ साउन ।

लमजुङको दुराडाँडामा आज ६८ औं हलो क्रान्ति दिवस मनाइँदैछ । हलोक्रान्ति दिवसको अवसरमा दुराडाँडाको अर्चल्यानीमा हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानले साहित्यिक कार्यक्रम आयोजना गरेको छ ।

प्रत्येक वर्ष लमजुङमा हलोक्रान्ति दिवस मनाइन्छ । ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि बाहुनले पहिलोपटक हलो जोतेको दिनलाई हलो क्रान्ति दिवसको रुपमा मनाउन थालिएको हो ।

२००६ साल साउन ११ गते पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना बाहुनले नेपालमै पहिलोपटक हलो जोतेका थिए ।

हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेलाई २००७ साल साउन ११ गते पक्राउ गरी जेल हालेको थियो । उनीहरुलाई हतोत्साहित पार्न त्यतिखेर ‘शेषकान्त लेप्टेन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित, हलो जोति बिग्रे’ भन्ने गीत नै बनाएका थिए ।

त्यसबेला हलो जोत्नेलाई भात बारिएको थियो । माइत आएका छोरी घर जान पाएनन् भने घर गएका बुहारी माइत आउन समेत रोक लागेको थियो । उमेर पुगेका युवायुवतीको बिहे नै रोकिएको थियो ।

तर, तीन वर्षपछि विभेद रोकियो । हलोक्रान्तिको धेरैले प्रशंसा गर्न थाले र दिवसकै रुपमा मनाउन थालिएको प्रतिष्ठानका सचिव दीपक पौडेलले बताउँछन् ।

२००६ सालमा दुराडाँडामा पहिलोपटक हलो जोतेपछि अन्य जिल्लामा पनि जोत्न सुरु गरिएको थियो । त्यही सालको पुसमा तनहुँ, फागुनमा कास्की र धादिङ, २००७ साल बैशाखमा अर्घाखाँची र गोरखा तथा २००८ सालमा स्याङ्जामा पनि हलो जोत्न शुरु गरिएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी