लोकमानलाई महाअभियोग लगाउने प्रस्तावक शाही उर्जा मन्त्री बन्दै

660 Hits

mahendra-bahadur-shahiकाठमाडौं, ११ साउन ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख बनेर आतंक खडा गरेका लोकमानसिह कार्कीमाथि लगाइएको महाअभियोगको प्रस्तावमाथि अझै कुनै टुंगो लाग्न सकेको छैन तर उनलाई संसदमा महाअभियोगको प्रस्ताव गर्ने प्रस्तावक भने आज मन्त्री बन्दैछन् । नेकपा माओवादी केन्द्रका नेता तथा व्यवस्थापिका संसदमा कालिकोटबाट प्रत्यक्ष निर्वाचीत सांसद महेन्द्र बहादुर शाही आज विस्तार हुन लागेको शेर बहादुर देउवा नेतृत्वको मन्त्री मण्डलमा उर्जा मन्त्रीको रुपमा नियुक्त हुँदैछन् । जनमुक्ति सेनाका कमाण्डर तथा संसदमा हुने सबै गतिविधिमा सक्रियातसाथ प्रस्तुत हुने शाही लोकमानमाथिको महाअभियोगपछि बढि चर्चामा आएका हुन् । उनलाई नेकपा माओवादी केन्द्रको बुधबार सम्पन्न हेडक्वार्टर बैठकले उर्जामन्त्री बनाउने निर्णय गरेको हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी