साझा र विवेकशील पार्टी बीच एकता, ८ जनाको संयोजन समिति

678 Hits

sajhabibeksheel

काठमाडौं, ११ साउन ।
अन्ततः लामो छलफल र बहस पछि साझा पार्टी र विवेकशील पार्टीबीच एकता  भएको छ । वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि आएका दुई पार्टी विवेकशील नेपाली दल र साझा पार्टीबीच बुधबार  एकता भएको हो ।

विवेकशील नेपाली दल र  साझा पार्टीबीच एकता भएपछि बनेको विवेकशील साझा पार्टीले सामूहिक नेतृत्व अपनाउने भएको छ। नेतृत्वका लागि उक्त पार्टीले ८ जनाको संयोजन समिति बनाएको छ भने रवीन्द्र मिश्र र  उज्ज्वल थापा सहसंयोजक बनेका छन्। संयोजन समितिमा गोविन्द नारायण, निरुपमा यादव, सूर्यराज आचार्य, अनुषा थापा, मुमाराम खनाल र रमेश पौडल छन्।

सामुहिक नेतृत्वमा गएको विवेकशील साझा पार्टीका बैठकको अध्यक्षता भने रवीन्द्र मिश्रले गर्ने छन्। अहिले ३४ जनाको केन्द्रीय कार्यसमिति बनाएको पार्टीले महाधिवेशन सम्म ५९ जना केन्द्रीय सदस्य पुर्याउने बताएको छ।

साझा पार्टी गठन भएपछि यी दुवै पार्टीलाई एकताको लागि सामाजिक सञ्जालमा निकै आग्रह गरिएको थियो। एकता र तालमेलका लागि केही प्रयास भए पनि दुवै पार्टी छुट्टाछुट्टै चुनाव लडेका थिए। काठमाडौंमा दुबै पार्टीले अन्इ सुपरिचित राजनीीतक दल भन्दा धेरै मत ल्इाउन सफल भएका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी