यी हुन माओवादीबाट नयाँ मन्त्री र राज्यमन्त्रीहरु

522 Hits

काठमाडौं, ११ साउन/

नेकपा माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्रीमण्डलमा पठाउने नयाँ मन्त्री र राज्यमन्त्रीहरुको अन्तीम नामावली तयार गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाउन बसेको हेडक्वार्टर बैठकले उनीहरुको नाम टुंगो लगाएको हो ।
माओवादी केन्द्रको बुधबार बिहान बसेको हेडक्वार्टर बैठकले ६ मन्त्री र ५ राज्यमन्त्रीको नाम टुंगो लगाएको हो ।
माओवादी हेडक्वार्टर श्रोतका अनुसार शिवकुमार मण्डल (आपूर्ति), गिरीराजमणि पोखरेल (स्वास्थ्य), आशा खनाल, (कृषि वा बालबालिकामध्ये एक) सन्तकुमार चौधरी(पशुपन्क्षी), टेकबहादुर बस्नेत (सामान्य प्रशासन)  र महेन्द्र बहादुर शाही (ऊर्जा) को नाम  फाइनल गरेको छ ।
त्यसैगरी राज्यमन्त्रीहरुको नाम पनि टुंगो लगाइएको छ । जस अनुसार  शम्भु श्रेष्ठ, छमबहादुर गुरुङ, जाकिर हुसेन र रामसिंह यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी