मन्त्रीमा देउवा र पौडेलको झगडापछि सपथग्रहण स्थगित

419 Hits

deuba and poudelकाठमाडौं, १० साउन

प्रमूख सत्तारुढ दल नेपाली कांग्रेसको आन्तरिब किचलोका कारण आज हुने भनिएको मन्त्रीमण्डल विस्तार स्थगित हुन पुगेको छ । राष्ट्रपति भवनमा साँझ ५ बजेका लागि तय गरिएको नयाँ मन्त्रीमण्डलको सपथ ग्रहण अन्तीम समयमा आएर स्थगित भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समुहबीच मन्त्रीको भागबण्डा नटुंगिएपछि सपथ ग्रहण स्थगित भएको हो ।
देउवा पक्षले यस अघि नै मन्त्रीको नाम टुंग्याएको भएपनि पौडेल समुहबाट नाम अझै टुंगो लागेको थिएन ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको समुहबाट मन्त्री हुनेहरुको टुंगो लागेको देउवा निकट स्रोतले बतायो । स्रोतकाअनुसार देउवा समुहबाट पर्वतका अर्जुन जोशी,डोटीवाट विरबहादुर वलायर,मिनबहादुर विश्वकर्मा र महिलावाट अम्बिका वस्नेतको टुंगो लागेको छ  । वरिष्ट नेता रामचन्द्र पौडेलको समुहबाट भने मन्त्री हुनेको टुंगो लागेको छैन् ।

पौडेल समुहभित्रबाट मन्त्रीका लागी आकांक्षी धेरै भएपछि सहमती जुट्न सकेको छैन । कांग्रेस केन्द्रिय सदस्य डिना उपाध्यायलाई महिला कोटावाट मन्त्री बनाउन देउवा समुहका वरिष्ट नेताहरुको दवाव भएपनि अन्तिममा वस्नेतलाई मन्त्री बनाउने निश्चित भएको हो ।

देउवापत्नी आरजु राणाले वस्नेतलाई मन्त्री  बनाउन दवाव दिएको कांग्रेस निकट स्रोतले जानकारी दियो  । केन्द्रिय सदस्य उपाध्याय देउवालाई पोखरा महाधिवेशनदेखी नै सहयोग गर्ने नेतृ हुन ।

मंगलबारको सपथग्रहण स्थगित

मंगलवार अपरान्ह ५ वजेका लागि मुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीले राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरुको सपथग्रहण समारोह आयोजना गर्न औपचारिक जानकारी गराएर पनि मन्त्रालय भागबण्डामा कांग्रेसका दुई गुटको झगडा बल्झेका कारण सपथग्रहण स्थगित हुन पुगेको छ । मुख्यसचिवले मन्त्रिपरिषद् विस्तार र नयाँ मन्त्रीहरुको सपथग्रहणका लागि मंगलवार ५ बजेको समय राष्ट्रपति कार्यालयसँग माग गरेका थिए ।

सोही अनुसार राष्ट्रपति कार्यालयले ५ बजे नयाँ मन्त्रीहरुको सपथग्रहणका लागि कार्यक्रम समेत तय भएको जानकारी दियो । तर, कांग्रेसको भागमा परेका बाँकी १० मन्त्रालयमा देउवा समुह ४, पौडेल समुह ४ सिटौला र खुमबहादुर खड्का समुह १, १ गरी लगाइएको अनौपचारिक भागबण्डामा फेरि लफडा पर्यो । कांग्रेसको आन्तरिक लफडाका कारण नयाँ मन्त्रीहरुको सपथग्रहण कार्यक्रम सरेको हो ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले यसअघि नै आफ्नो गुटबाट तीनजनालाई मन्त्री बनाइसकेकाले बाँकी भागबण्डामा आफू चारवटा मात्रै मन्त्रालयमा सहमत हुन नसक्ने वताएपछि देउवा तनावमा परेका हुन् । ‘यसअघि लिइसकेका मन्त्रालयमा शेरबहादुरजीले आफूखुसी निर्णय लिनु भएको हो, बाँकी १० मन्त्रालयमा ५ वटा हामीले सिफरिस गरे अनुसार हुनु पर्ने भनेका थियौं’ पौडेल पक्षका एक नेताले भने , ‘तर, त्यसलाई उल्लंघन गरियो हामीलाई यो मान्य छैन ।’ कांग्रेसमा किचलो देखिएपछि माओवादीबाट सपथग्रहणको तयारीमा रहेका मन्त्रीहरु अलपत्र परेको समाचार छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी