(राजपा) नेपालले यथास्थितिमा निर्वाचनमा भाग

134 Hits

rajapa

भक्तपुर, १० साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले यथास्थितिमा निर्वाचनमा भाग लिन नसकिने दोहोर्‍याएको छ ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आफूहरुको माग बमोजिम संविधान संशोधन नभई निर्वाचनमा भाग लिन नसकिने बताएका हुन् ।

मंगलबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा ठाकुरले संविधान संशोधन गर्न सरकार जिम्मेवार नदेखिएको आरोप लगाए । उनले सरकार समस्या समाधान गर्न भन्दा समस्या बल्झाउने काममा लागिपरेको आरोपसमेत लगाए ।

उनले मधेस आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ताहरु अझै जेल सजाय भोगिरहेको भन्दै तत्काल रिहा गर्न माग गरे ।

राष्ट्रिय जनता पार्टीले संविधान त्रुटिपूर्ण रहेको दावी गर्दै त्यसलाई सच्याउन दवाव दिँदै स्थानीय तह पहिलो र दोस्रो चरणको निर्वाचन समेत बहिष्कार गरेको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी