आज मन्त्रिपरिषद् विस्तारको तयारी, माओवादीबाट ६, कांग्रेसबाट ७ ले आजै सपथ लिने

186 Hits

काठमाडौं , १० साउन /

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार (आज) दोस्रोपटक कांग्रेसका समेत सहभागी गराएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

नेपाली कांग्रेसभित्र मन्त्रीका आकांक्षी बढी भएको र भौतिक योजना तथा यातायात मन्त्रालय देउवा पक्षले लिने कि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई दिने भन्ने विवाद मिल्न सकेको छैन ।

मन्त्रालय भागबन्डा
कांग्रेसभित्र मन्त्रालय बाँडफाँडमा सहमति जुट्न नसके पनि माओवादी केन्द्र र फोरमलाई समेटेर भए पनि सरकार विस्तार गर्ने तयारी रहेको प्रधानमन्त्री स्रोतले बतायो । प्रधानमन्त्रीलाइ भेटेर पटकपटक मन्त्रिपरिषद् विस्तारका लागि दबाब दिँदै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रूपमै आफूलाई समेत लाज लाग्न थालेको बताएका आजको राजधानीमा खबर छ ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेस र मुख्य सत्तारुढ दल माओवादी केन्द्रबीच एक साताअगाडि नै मन्त्रालय भागबन्डामा सहमति जुटे पनि कांग्रेसले मन्त्रीको टुंगो लगाउन नसकेका कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।

दलको सहमति
दुई दलको सहमतिअनुसार कांग्रेसले १३ र माओवादी केन्द्रले नौ, लोकतान्त्रिक फोरमलाई तीन, राप्रपा सरकारमा आए उपप्रधानसहित चार र बाँकी मन्त्रालय साना दललाई दिने सहमति जुटेको थियो । फोरम लोकतान्त्रिकले अघिल्लो पटक पाएको मन्त्रालय नै पाउनुपर्ने माग राख्दै आएको छ । तर, सत्तारूढ दलले पर्यटन मन्त्रालयमा भने दाबी नगर्न आग्रह गर्दै आएको छ ।

गत २३ जेठमा कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसपछि उनले कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकबाट एक जना सहभागी गराएर सरकार विस्तार गरेका थिए ।

मन्त्री बन्ने को-को ?
त्यसयता प्रधानमन्त्रीले सरकार विस्तारको तयारी अगाडि बढाए पनि आफ्नै दलभित्रको विवादका कारण सफल हुन सकेका छैनन् । माओवादी केन्द्रले भने सरकारमा पठाउने आफ्ना मन्त्रीको नाम लगभग टुंगो लगाएको बताएको छ । माओवादीबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, श्यामकुमार श्रेष्ठ, आशा खनाल, शिवकुमार मण्डल र टेकबहादुर बस्नेत मन्त्री बन्ने माओवादी स्रोत बताउँछ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी