किन जाँदैछ माओवादी कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिकको एजेण्डामा ?

647 Hits

काठमाडौं, ८ साउन ।
नेकपा माओवादी केन्द्रले कार्यकारी राष्ट्रपतिय शासन प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अगाडि बढाउने निर्णय गरेको छ । पहिलो पटक भएको स्थानिय तहको निर्वाचनमा अपेक्षीत परिणाम नआई पराजीत भएपछि माओवादी केन्द्रले पुराना एजेण्डालाई जोड दिएर उठाउने निर्णय किन गयो सवत्र चासोको विषय बनेको छ ।

माओवादी केन्द्रको सेक्रेटरियट बैठकमा निर्णयहरु सार्वजनिक गर्न पेरिसडाँडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा हार–जीत हेरेरभन्दा पनि संविधान कार्यान्वयन गराउनका लागि चुनाव गराएको उल्लेख गरे । उनले जसले जिते पनि काम भने माओवादी कै गर्नुपर्ने बताए । ‘गणतन्त्र, संघीयता, समावेशी, धर्मनिरपेक्षतालगायत सबै माओवादीका एजेन्डा हुन्,’ उनले भने, ‘जसले जिते पनि माओवादीकै एजेण्डा कार्यान्वयन हुन्छ । उनीहरुले माओवादी कै काम गर्नुपर्छ ।’

माओवादी अध्यक्ष प्रचण्डले चुनावमा जसले जिते पनि माओवादी कै एजेण्डा लागू हुने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्न स्थानीय चुनाव गर्न आफूले सबैभन्दा बढी जोड दिएको भन्दै प्रचण्डले यसमा आफूलाई गर्व लागेको बताए ।

‘स्थानीय तह जसरी बन्यो र निर्वाचन जसरी सम्पन्न भयो मलाई र हाम्रो पार्टीलाई यस अर्थमा त खुसी छ कि त्यहाँ कांग्रेसले जिते पनि, एमालेले जिते पनि, माओवादी वा मधेसवादी जसले जिते पनि लागू गर्ने त संघीय लोकतान्त्रिक गणतन्त्रै हो । समावेशी समानुपातिक नै लागू गर्ने हो । यस अर्थमा माओवादीले गर्व गर्ने ठाउँ छ र मैले बेला-बेलामा भन्ने गरेको छु, काम त माओवादीकै गर्ने हो सबैले । लागू गर्ने एजेण्डा त माओवादीकै हो ।’

तर, यत्तिमै चित्त बुझाउन नसकिने उनले बताए । जनतासँग प्रत्यक्ष जोडिन नसक्नुमा माओवादीले चुनावमा सोचेअनुरुप परिणाम ल्याउन नसकेको भन्दै उनले भने, ‘एकीकृत, केन्द्रिकृत र संकल्पसहित जनतामा जोडिने, किनकी जनतासँगको सम्बन्ध कमजोर भएको छ ।’

उनले माओवादी एजेन्डाको जित हुँदा पनि पार्टी किन हार्यो भनेर यस बैठकले समिक्षा गरेको बताए । उनले अब माओवादीबाट टुक्रिएर गएमा मोहन वैध, नेत्रविक्रम चन्द र बाबुराम भट्टराईसँग एकताको पहल गर्ने पनि बताए । त्यस्तै अब फेरि पार्टी निर्माण गर्न गाउँ फर्कने उद्घोषसमेत गरे ।

प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको शासन व्यवस्था ल्याउन आवश्यक परे सडक संघर्ष गर्ने चेतावनी पनि दिए । प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा सहमति जुटाउन पहिले कांग्रेस, एमाले लगायत दलहरुसँग सुरुमा छलफल गर्ने र आवश्यक परे सडक संघर्ष गर्ने उनको भनाइ छ ।

यो विषयको गहिराई, संवेदनशीलता र ऐतिहासिक आवश्यकतावोध गरेर यसको पक्षमा जनमत निर्माण गर्न कांग्रेस, एमालेसँग सौहाद्ररुपमा छलफल गर्ने भन्दै प्रचण्डले भने, ‘मलाई के विश्वास छ भने उहाँहरु पनि मान्नुहन्छ र देशले धेरै ठूलो सुख पाउँछ ।’

प्रचण्डले अहिलेको चुनाव प्रणालीको आलोचना गर्दै भने- ‘चुनाव साह्रै खर्चिलो हुन थाल्यो एउटा गाउँपालिकाको निर्वाचनमा ५/७ करोड खरोड खर्च गरेको पाइयो । अब प्रदेशमा डबल होला । केन्द्रमा त्यस्तै । गरीब गुरुवाले त छाडौं, मध्यम वर्गले पनि चुनाव लड्न नसक्ने अवस्था आयो ।’

पैसा खर्च गर्ने भएपछि तस्कर, भ्रष्टाचारी र दलालहरु हावी हुने प्रचण्डले बताए । ‘अब चुनावमा तस्करले लगानी लगानी गर्नुपर्ने भयो’ प्रचण्डले भने- ‘तपाईहरुले हिन्दी फिल्ममा देख्नुहुन्छ नि, तस्करले नेतालाई मुख्यमन्त्री बनाउँछ, आफूले भनेको काम गरेन भने मारिदिन्छ । नेपालमा पनि त्यस्तै हुने दिन टाढा देख्न छोडियो ।’

स्थानीय चुनावमा गरीबजतिले माओवादीलाई अलिअलि माया गरेको भन्दै प्रचण्डले शहरका टाढाबाठाले उज्यालो बनाए पनि, बाटो ठूलो बनाए पनि माओवादीलाई भोट नदिएकोमा विचित्र लागेको बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी