एमालेद्वरा तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न माग

591 Hits

Pradip-Gewali

काठमाडौं, २० असार ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
एमाले सचिव प्रदिप ज्ञवालीले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि क्षेत्र निर्धारण गर्न पनि सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले १ हप्ता भित्र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन नभए प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीमा ढिलाई हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । निर्वाचन आयोगले पनि साउन १५ गते भित्र प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन क्षेत्र निर्धारण गर्न सरकारसँग आग्रह गरिसकेको छ । सचिव ज्ञवालीले मंसीर भित्र प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन गरी सक्नुपर्ने पनि उल्लेख गरे ।
सचिव ज्ञवालीले राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा आउन पनि आग्रह गरे । उहाँले राष्ट्रिय जनता पार्टी निःशर्त निर्वाचनमा नआए समाप्त भएर जाने चेतावनी समेत दिए । सचिव ज्ञवालीले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ता समेत चुनावको पक्षमा देखिएको पनि स्मरण गराए ।
सचिव ज्ञवालीले राष्ट्रिय जनता पार्टीले आन्दोलनको नाममा मधेशका जनतालाई अति पीडा दिएको आरोप समेत लगाए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी