संसदमा विनियोजन विधेयकमाथि छलफल सुरु

543 Hits

samsad-768x387

काठमाडौं, २० असार ।
व्यवस्थापिका संसदमा विनियोजन विधेयकमाथिको छलफल सुरु भएको छ ।
चार दिन भित्र सक्नेगरी व्यवस्थापिका संसदको मंगलबारको बैठकबाट विनियोजन विधेयकमाथिको छलफल सुरु गरिएको हो । मंगलबार सांसदहरुले सहरी विकास मन्त्रालय, गृह मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय र कानुन मन्त्रालय गरी ६ वटा मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिएका छन । छलफलमा भाग लिँदै सांसदहरुले विस्तृत कार्ययोजनासहित बजेटको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन । बुधबार परराष्ट्र मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, आपूर्ति मन्त्रालय, उद्योग मन्त्रालय, उर्जा मन्त्रालय, कृषि विकास मन्त्रालय, खानेपानी तथा सरसफाई मन्त्रालयको विनियोजना विधेयकमाथि छलफल हुनेछ । शुक्रबार छलफल सकिएपछि आगामी आईतबार, सोमबार र मंगलबार ३ दिन विनियोजन विधेयकमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ सम्बन्धित मन्त्रीहरुले दिनेछन । मंगलबारबाट दैनिक विहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूचि तय गरिएको संसद सचिवालयले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी