उपराष्ट्रपति नन्दबहादुर पुन चीन प्रस्थान

827 Hits

hqdefault

काठमाडौं, २० असार ।
उपराष्ट्रपति नन्दबहादुर पुन चीन प्रस्थान गर्नु भएको छ ।
उपराष्ट्रपति पुन २३ औं चाईना लन्झाउ इन्भेष्टमेन्ट तथा व्यापार मेलाको उदघाटन समारोहमा भाग लिन मंगलबार विहान चीन प्रस्थान गर्नु भएको हो । उपराष्ट्रपति पुनलाई चीन प्रस्थान गर्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, गृहमन्त्री जनार्दन शर्मा, सरकारका उच्च पदस्थ कर्मचारीहरुले विदाई गर्नु भएको थियो । त्यस अवसरमा उपराष्ट्रपति पुनलाई नेपाली सेनाले सलामी अपर्ण समेत गरेको थियो । चीनमा रहँदा उहाँले व्यापार मेलाको सम्बोधन गर्ने कार्यक्रम छ । उपराष्ट्रपति पुनले चीन बसाईका क्रममा नेपाल– चीन व्यापारका विविध आयामका विषयमा पनि छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उपराष्ट्रपति पुन आगामी सोमबार अपरान्ह ४ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी