बजेटप्रति एमालेको टिप्पणी : स्थानीय तहमा बजेट कम भयो

744 Hits

surendra-pandey

काठमाडौं, २० असार ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहमा बजेट थप गर्न सरकारसँग माग गरेको छ ।
एमाले नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले स्थानीय तहलाई छुटाइएको बजेट अत्यन्तै न्यून भएको उल्लेख गर्दै तत्काल थप गर्न सरकारसँग माग गरे । सोमबार व्यवस्थापिका संसदमा सरकारले पेश गरेको आर्थिक वर्ष २०७४/०७५ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँले स्थानीय तहको बजेट न्यून भएकाले स्थानीय तहका जनप्रतिनिधिहरुले केही गर्ने अवस्था नरहेको पनि स्पष्ट पारेका थिए । सरकारले निःसर्त र सःसर्त गरी चालू आर्थिक वर्षका लागि करिव २ अरव बजेट स्थानीय तहका लागि विनियोजन गरेको छ । नेता पाण्डेले कुल बजेटको १७ दशमलव ६ प्रतिशत मात्रै स्थानीय तहका लागि छुटयाइएको बजेटले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुगेको अनुभूति हुने गरी काम गराउन नसकिने पनि उल्लेख गरे । नेता पाण्डेले सरकारले ल्याएको बजेटमा प्राथमिकता निर्धारणको काम समेत हुन नसकेको पनि स्मरण गराए । बजेट ठूलो भएपनि कुनलाई प्राथमिकता दिईएको हो भन्ने छुटयाउन बजेटमा कठिनाई हुने अवस्था रहेको टिप्पणी पनि गरे ।
नेता पाण्डेले सरकारले बजेट कार्यान्वयनका लागि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यक्ता समेत औल्याए । उनले मन्त्रालयहरु स्थानीय तहलाई अधिकार दिन अनिच्छुक देखिएको उल्लेख गर्दै आपत्ति पनि जनाए । नेता पाण्डेले विषयगत मन्त्रालयहरुले आ–आफनो अधिकार स्थानीय तहलाई हस्तान्तरण तत्काल गर्ने बजेटमा उल्लेख भएपनि सो अनुसारको काम अघि बढन नसकेको पनि स्मरण गराए । सरकार चालू आर्थिक वर्षका लागि १२ खरव ७८ अरव ९९ करोड ४८ लाख बजेट विनियोजन गरेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी