सि अफ जापानमा गर्यो उत्तर कोरियाले पुनः व्यालेष्टिक परीक्षण

348 Hits

8446130-3x2-940x627

काठमाडौं, २० असार ।

उत्तर कोरियाले ‘सी अफ जापान’ मा अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ।

परीक्षण गरिएको क्षेप्यास्त्रको प्रकृतिबारे थप थाहा हुन नसकेको बताइएको छ।

उत्तरी प्योङगान प्रान्तबाट स्थानीय समय अनुसार बिहान ९ बजेर ४० मिनेटमा क्षेप्यास्त्र परीक्षण गरिएको दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै योन्हाप समाचार संस्थाले जनाएको छ।

जापानले दावी गर्दै आएको जलक्षेत्रमा क्षेप्यास्त्र खसेको त्यहाँको रक्षामन्त्रीलाई उद्धृत गर्दै जापानको एनएचके न्यूजले जनाएको छ।

परिणाम भयावह

प्योङयाङले क्षेप्यास्त्र परीक्षण गरेको केही समयअघि मात्रै संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूतले शक्ति राष्ट्र तथा उत्तर कोरियाबीचको तनाव अन्त्य नभए भयावह परिणाम निम्तिन सक्ने चेतावनी दिएका थिए।

जी २० सम्मेलनका लागि विश्व नेताहरु जर्मनीमा भेला हुन लागेको केही दिनअघि उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गरेको खबर सार्वजनिक भएको छ।

सो खबरपछि दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले देशको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन्।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी