परिणाम आउन बाँकी ओखलढुंगाका दुई गाउँपालिकामा एमालेको अग्रता

333 Hits

Okhaldhunga-districtp

ओखलढुंगा, १९ असार ।

ओखलढुंगाको मत परिणाम आउन बाँकी दुई गाउँपालिकामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । लिखु र मोलुगं गाउँपालिकामा एमाले उम्मेदवार अघि देखिएका हुन् । लिखुको प्रमुख पदमा एमाले उम्मेदवार झण्डै पाँच सय मत अन्तरले अघि छन् भने उप प्रमुखमा एकहजार मत अन्तर छ । यहाँ एमालेकी प्रदेश कमिटी सदस्य शान्ता ढुंगेलको जित निश्चित जस्तै देखिएको छ । अब एक हजार चार सय मत गन्न बाँकी रहेको छ । त्यस्तै मोलुगं गाउँपालिकामा पनि नेकपा एमालेका उम्मेदवार मणि राज राई झिनो मत अन्तरले अघि हुनुहुन्छ । उपप्रमुखमा भने कांग्रेसले अग्रता लिएको छ । दुई सय ५० मत अघि रहेकी हेमकुमारी तामांग अग्र स्थानमा हुनुहुन्छ । यो गाउँपालिका सांसद यज्ञराज सुनुवारको गृह गाउँपालिका पनि हो एमालेको पकड रहेको वडा गन्न बाँकी भएकाले राईले जित्ने एमालेको दावी छ । यस अघि मत परिणाम आएका स्थानीय तहमा एक मात्र सिद्धिचरण नगरपालिकामा एमाले, एक गाउँपालिकामा नेकपा माओवादी केन्द्र र चार गाउँपालिकामा काँग्रेसले जितिसकेको छ । दुवै गाउँपालिकाको आज साँझ सम्म मत परिणाम आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी