भरतपुर काण्ड दाेहोरियो ओलीको गृह जिल्लामा : पुनःमतगणनाको माग

635 Hits

kp-oli-new-PM

झापा, १९ असार ।

नेपाली काँग्रेसका झापा जिल्ला सभापति उद्धब थापाले मतगणना स्थलमा पस्न प्रहरीले रोकेको आक्रोश पोख्दै मतगणना स्थगित गर्नुपर्ने परिस्थिती निम्त्याएको छ ।

मतगणना स्थलमा एमालेका सांसद् प्रेम गिरी मतगणना स्थलमा पुगेर केही समय बसेर निस्किएपनि सोही बिषयलाई लिएर काँग्रेसले बिबाद् गरेको हो । प्रेम गिरीलाई पस्न दिने तर उद्धब दार्इलार्इ नदिने भनेर काँग्रेस कार्यकर्ताले उकुर्जी गरेका थिए ।

अर्जुनधारा वडा न २ को मत मतगणनाको क्रममामा देखिएको बिवाद निर्वाचन आयोग केन्द्रमा पठाइएको छ । निर्बाचन अधिकृत राधाकृष्ण खतिबडाका अनुसार नेपाली काँग्रेसले सो क्षेत्रमा पुन मतदान गर्न माग गर्दै आयोगमा उजुरी गरेको छ ।

सो बडामा नेपाली काँग्रेसका उमेद्बार भन्दा नेकपा एमालेका बडा अध्यक्षका उमेद्बारले ४ मत बढी ल्याई बिजयी हुने समयमा काँग्रेसका प्रतिनिधीहरुले सही नगरी बिबाद् गरेपछि मतगणना स्थगित भएको थियो ।

आयोग केन्द्रको निर्णय नआएसम्म सम्पूर्ण मतगणना स्थगित भएको छ । सो नगरमा नेकपा एमालेका मेयर, उपमेयर लगायत अधिकांश बडामा एमालेले बिजय हासिल गर्दै लगेको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी