स्वास्थ्य क्षेत्रमा योगदान दिएकालाई उचित सम्मान हुने

130 Hits

nepal-goverment9

काठमाडौं, १९ असार ।
स्वास्थ्य सचिव डा. किरण रेग्मीले स्वास्थ्य क्षेत्रमा योगदान दिएकाहरुलाई सरकारले उचित सम्मान गर्ने बताएका छन् ।
सचिव रेग्मीले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले आवश्यक सबै खालका नीतिगत व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले स्वास्थ्य क्षेत्रको विकासका लागि समाजका सबै तहका समुदायसँग सहकार्य गरेर अघि बढन तत्पर रहेको पनि उल्लेख गरे । सचिव रेग्मीले स्वास्थ्य क्षेत्रको विकासमा स्वास्थ्यकर्मीहरुले दिँदै आएको योगदानको पनि खुलेर प्रशंशा गरे ।
सचिव रेग्मीले सरकार सबै नागरिकलाई स्वस्थ बनाउन लागि परेको दावी समेत गरे । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका पूर्व सचिवहरुलाई समेत सम्मान गरिएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी