आगामी माघ ७ गतेभित्रै सबै तहको निर्वाचन सम्पन्न हुने : प्रधानमन्त्री देउवा

89 Hits

Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

काठमाडौं, १८ असार ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गराउनु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन गरी मुलुकलाई स्थायित्व र विकासको मार्गमा अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे । आईतबार त्रिभुवन विश्वविद्यालयको ५८ औं वार्षिक दिवस समारोहलाई सम्बोधन गर्दै उनले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनु र यसमा नागरिकको उत्साहपूर्ण सहभागिताले लोकतन्त्रको स्थायित्व र संविधानको कार्यान्वयनमा थप सहजता महसुस भएको अनुभूति पनि सुनाए । प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयनका लागि त्रिभुवन विश्वविद्यालयले रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन अहिलेको अनिवार्य आवश्यक्ता भएको पनि स्मरण गराए ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी