दुइमहिना भित्र सवै स्थानीय तहमा बैंक शाखा स्थापना गर्न निर्देशन

215 Hits

काठमाडौ, २९ जेठ ।
संसदीय समितिले सबै स्थानीय तहमा दुई महिनाभित्र बैंक शाखा स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ ।
व्यवस्थापिका संसदअन्तर्गतको विकास समितिको सोमबार बसेको बैठकले स्थानीय तहको आर्थिक क्रियाकलापलाई व्यवस्थित गर्न तत्काल बैंक स्थापना गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बंैकलाई निर्देशन दिएको हो ।

आर्थिक क्रियाकलापलाई पारदर्शी बनाउन पनि हरेक स्थानीय तहमा बैंक स्थापना गर्नुपर्ने आवश्यक्ता भएकाले दुई महिना भित्र त्यसको व्यवस्था गर्न सरकारलाई निर्देशन दिनुपरेको समितिका सभापति रविन्द्र अधिकारीले जानकारी दिए । समितिको बैठकमा स्थानीय तहको नीतिगत, संरचनागत र जनशक्ति व्यवस्थापनाका विविध विषयमा सम्बन्धित मन्त्रालयका सचिवहरुसँग सामुहिक छलफल भएको थियो ।

विकास समितिले हालसम्म अस्तित्वमा रहेको नगर विकास समितिलाई खारेज गरी सम्बन्धित स्थानीय तहमा समायोजन गर्न पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सहरी विकास मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई सचेत गराएको छ । त्यसैगरी स्थानीय तहको संचालनका लागि आवश्यक कानुन नबनेसम्मका लागि आवश्यक कार्यविधिहरु असार मसान्त अघि नै तयार पारी कार्यान्वयनमा ल्याउन पनि सरकारलाई निर्देशन दिइएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी