सौर्य उर्जाले बनायो दिक्तेल झलमल

223 Hits

खोटाङ, २८ जेठ ।
खोटाङको दिक्तेल नगरपालिकाभित्र २५ स्थानमा सौर्य बत्ती जडान गरिएपछि नगर क्षेत्र झलमल भएको छ ।
सरकारको ७० प्रतिशत अनुदान र नगरपालिकाको ३० प्रतिशत लगानीमा नगरपालिकाभित्रका विभिन्न स्थानमा सौर्य बत्ती जडान गरिएको हो । नगर समितिको बैठकले तोकेअनुसार नगरपालिकाका विभिन्न स्थानमा प्रति गोटा १ लाख ३० हजार रुपैयाँ पर्ने सौर्य बत्ती जडान गरिएको हो ।
सौर्य बत्ती जडानपछि रातको समयमा आवतजावत गर्न सहज भएको र सम्भावित दुर्घटनामा समेत न्यूनीकरण भएको स्थानीयले बताएका छन् ।
बत्ती जडान गर्न सौर्य सडक बत्ती कार्यक्रमको २१ लाख ४५ हजार, नगरपालिकाको ६ लाख ४० हजार र उपभोक्ताको ४ लाख ९५ हजार गरी ३३ लाख रुपैयाँ खर्च भएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी