शेयर बजारमा १४ अंकको गिरावट, राजनीतिक परिवर्तन मुख्य कारण

274 Hits

काठमाडौ, २४ जेठ ।
लुकमा नयाँ प्रधानमन्त्री चुनाव हुने निस्चत भएपछि मंगलबार शेयरबजारमा निकै उत्साह देखिएको थियो । फलस्वरुप शेयर बजारमा बजार परिसुचक नेप्से ३४ अंक भन्दा बढिले बढन पुग्यो । बजारमा निकै धेरे अडकलबाजीहरु गरियो, शेयर बजार कता जाला भनेर । राम्रो संग परिपक्व नभएको नेपालको शेयर बजार राजनीतिमा सामान्य परिवर्तन आउदा पनि उतार चढाव हुने गरेको छ ।
त्यसैको निरन्तरता मंगलबारको बृद्धि लाई लिन सकिन्छ । तर यो बढाइले बजारमा निरन्तरता पाउन भने सकेन् । फलस्वरुप बुधबार नव नियुक्त प्रधानमन्त्रीले सपथ लिदै गर्दा शेयर बजार घटिरहेको थियो । नेपाली पूँजी बजारले परम्परागत रुपमा नै नेपाली काँग्रेसलाई स्वागत गर्ने गरेको छ । तर लगानीकर्ताले भने यसपटक त्यो परम्परालाइ एउटा बाहना मात्र बनाएका छन ।
त्यसैले मंगलबार लगानीकर्ताको आकर्षण बजारमा बढे पनि बुधबार त्यो देख्न सकिएन फलस्वरुप बजारमा माग भन्दा आपुर्ती बढि हुन जाँदा बजारमा गिरावट आयो । राजनीति भन्दा पनि शेयर बजरमा कम्पनीहरुको वित्तीय विश्लेषण नै सबै भन्दा महत्व पुर्ण हुन्छ । त्यसैले यस पटक राजनीतिलाइ पक्षाउन सकेन पूँजी बजारले ।
बुधबार शेयर बजार परिसुचक १४ दशमलव २४ अंकले घटेको छ । बजारमा कारोबार भएका सबैजसो परिसुचकहरुमा गिरावट आएका कारण समग्र परिसुचकमा गिरावट आएको विश्लेषण गर्न सकिन्छ । नेप्से परिसुचक १ हजार ६ सय २३ दशमलव १३ अंकमा बन्द भएको छ ।
१ सय ४९ वटा कम्पनीहरुको ७६ करोड ४७ लाख ३६ हजार ८ सय ११ रुपैयाँ बराबरका १२ लाख ७९ हजार ५ सय ७ कित्ता शेयरहरु खरिदविक्री भएका छन् । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलाव ८८ अंकले घटेर ३ सय ४४ दशमलव ९१ अंकमा बन्द भएको छ ।
बजारमा उत्पादन तथा प्रसोधन समुह बाहेक अन्य सबै कारोबार भएका समुहहरुमा गिरावट आएको छ । सबैभन्दा बढि होटल तथा बिमा समुहमा गिरावट आएको छ । बुधबार पनि सबैभन्दा बढि स्टान्डर्ड चार्टड बैंकको ९ करोड ४१ लाख ७८ हजार ३ सय ८३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबै भन्दा बढि आरएसडिसी लघुवित्त वित्तीय संस्थाका शेयर धनिहरुले १० प्रतिशतले कमाएका छन् । वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयर धनिहरुले पनि झण्डै १० प्रतिशतले कमाएका छन् । त्यस्तै बिजया लघुवित्त वित्तीय संस्थाका शेयर धनिहरु र सगरमाथा इन्स्यूरेन्सका शेयर धनिले सबै भन्दा बढि गुमाएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी