नयाँ स्टक एक्सचेन्ज खोल्न नदिन नेप्से कर्मचारीको दबाब

266 Hits

काठमाडौ, १८ जेठ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)का कर्मचारीले नयाँ स्टक एक्सचेन्ज खोल्न नदिन अर्थ मन्त्रालयलगायत सरोकारवाला निकायमा दबाब दिन थालेका छन् । पुँजी बजारको सर्वोच्च निकाय नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज खोल्न दिने प्रस्ताव सञ्चालक समितिले पारित गरेसँगै त्यसलाई रोक्न व्यापक दौडधुप शुरु गरेका हुन् ।
नेप्सेका कर्मचारीले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालगायतलाई भेटेर ज्ञापन पत्र बुझाउँदै नेपालको वर्तमान अर्थतन्त्रको आकारलाई नयाँ स्टक एक्सचेन्ज नचाहिने जिकिर गरिएको छ ।
ज्ञापनपत्रमा दुई वटा स्टक एक्सचेन्ज बनाउने प्रक्रियामा झण्डै १८ अर्ब रुपैयाँ भन्दा बढीको सरकारी सम्पत्ति ९नेप्से० जोखिममा पर्ने भन्दै उनीहरुले नेप्से अन्तर्राष्ट्रिय स्तरको भएन भन्ने आरोप गलत भएको उल्लेख गरेका छन् । वित्तीय क्षेत्र विकास रणनीतिमा पनि नेपाल स्टक एक्सचेन्जको निजीकरण गर्ने मात्र विषय उल्लेख गरिएको भन्दै नेप्सेको निजीकरण प्रक्रिया छिटो अगाडि बढाउनुपर्ने एवम् छिमेकी मुलुक भारत र चीनमा अर्बौको कारोबार भएपनि दुईवटा मात्रै स्टक एक्सचेन्ज रहेको बताउँदै नेपालमा सानो अर्थतन्त्र भएको मुलुकमा अर्को एक्सचेन्ज धान्नै नसकिने खालको हुने तिनीहरुको दाबी छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी