राजपा सहितको संघिय गठबन्धनको आन्दोलन स्थगित

299 Hits

काठमाडौ, १७ जेठ ।
राष्ट्रिय जनता पार्टी सम्मिलित संघीय गठवन्धनले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । राजपाका अध्यक्ष मण्डलको बैठक बसिरहेको छ भने संघीय गठवन्धनको बैठक पनि बोलाइएको छ ।
राजपाका महासचिव मनिष सुमनले १७, १८ र १९ को आन्दोलन स्थगित गरिएको जानकारी दिए । गठवन्धनले आज मसाल जुलुस प्रदर्शन गर्ने र भोलि र पर्सि तराई मधेस(थरुहट र लिम्बुवानमा आमहड्ताल गर्ने घोषणा गरेको थियो ।
राजपालाई सहभागी गराउन भन्दै सरकारले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको चुनाव असार १४ गतेलाई सारेको छ ।
तर, राजपाले भने चुनावमा सहभागी हुने प्रतिवद्धता जनाइसकेको छैन । उसले चुनावको वातावरण बनाउन माग गर्दै आएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का