तपाइलाई क्यान्सर रोग भएको छ कि छैन ? यसरी थाहा पाउनुस्

211 Hits

cancer

काठमाडौ, १७ जेठ ।
क्यान्सर रोगको बारे डा। बरालले भने क्यान्सर जटील प्रकृतीको रोग भएपनि समयमै उपचार हुन सके सजिलै निको पार्न सकिन्छ ।
उनले नेपालमा पुरुषहरुमा सबै भन्दा बढी फोक्सोको क्यान्सर र महिलाहरुमा सबै भन्दा बढी पाठेघरको मुखको क्यान्सरका रोगीहरु भएको बताए ।
सामान्यतया शरीरकाका विभिन्न अंगहरुमा कोषीकाको अनियन्त्रीतवृद्धी हुनुनै क्यान्सर हुनु हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ८२ लाख व्यक्तीको मृत्यु क्यान्सर रोगबाट मृत्यु हुने गर्दछ भने २ लाख ७० हजार महिलाहरुको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारणले हुने गर्दछ ।
क्यान्सर जुनसुकै उमेरका व्यक्तीमा जुनसुकै भागमा पनि हुने गर्दछ । विश्वव्यापी रुपमा १३ प्रतिशत मृत्यु क्यान्सरका कारणले हुने गरेको पाइन्छ ।
डाक्टर बरालका अनुसार शरिरमा क्यान्सर रोग भएरनभएको यसरी पत्ता लगाउन सकिन्छ
१.निको नहुने खोकी लागेमा अथवा घोक्रो स्वर भएमा
२. छालामा भएको कोठीको रङ्ग र आकार परिवर्तन भएमा
३.शरीरको भाग अत्याधिक दुख्न थालेमा वा शरीरमा गिर्खा आएमा
४.उपचार गर्दा पनि शरिरमा लागेको घाउ निको नभएमा वा बल्झीएमा
५. शरिरबाट असाधारण रक्तस्राव वा पिप आएमा
६.दिशा वा पिशावमा गर्ने समयमा फरक आएमा वा गाह्रो भएमा अथाव दिशा पिशाब गर्दा रगत देखिएमा
७. विस्तारै शरिरको वजन घट्दै गएमा वा दुव्लाउदै गएमा

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी