सुर्तिजन्य पदार्थको सेवनले दैनिक ४२ जनाको मृत्यु

169 Hits

काठमाडौ, १७ जेठ ।
आज विश्व धुमपान रहित दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाईदै छ । यसै सन्दर्भमा आज राजधानीको भृकुटीमण्डपमा र्यालीको आयोजना गरियो ।
चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न धार्मिक संघसंस्था एवं विद्यार्थी सम्मिलित र्याली नगरको विभिन्न ठाउँको परिक्रममा पछि पुनः भृकुटीमण्डमा पुगि सभामा परिणत भएको थियो ।
सभाका सहभागी चिकित्सकहरुले सुर्तीजन्य पदार्थबाट क्यान्सर, दम, हृदय रोगलगायतको समस्या निम्तिने भएकाले तल्लो स्तरसम्म जनचेतना पुर्याउनुपर्ने जरुरी भएको बताएका छन् ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका अनुसार सूर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने रोगको कारण प्रत्येक दिन करिब ४२ जना र प्रतिघण्टा दुई नेपालीको मृत्यु हुने गरेको छ ।
विश्वमा सूर्तीजन्य पदार्थको सेवन गर्नेको संख्या १ अर्ब ३० करोडभन्दा बढी भएको अनुमान गरिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक छ सेकेन्डमा एक जनाको सूर्तीजन्य पदार्थको असरले नै मृत्यु हुने गरेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी