एमाले विनाको बहुमतिय सरकार बनाउन देउवाको कसरत

202 Hits

काठमाडौ, १७ जेठ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बन्ने नयाँ बहुमतिय सरकारमा थोरै दलको सहभागिता र धेरै दलको सर्मथन प्राप्त गर्नेगरि छलफललाई अघि बढाएका छन् ।
सर्बदलिय बैठक भन्दै मंगलवार बोलाएर उनले आफ्नै नेतृत्वमा गठन हुने सरकारलाई सर्मथन गर्न आग्रह पनि गरे । अन्यको नेतृत्व नस्विकार्नेमा स्पष्ट देखिएका देउवाले भने ‘सहमतिका लागि राष्ट्रपतिले समय दिनुभएपछि मैले छलफलका लागि तपाईंहरूलाई बोलाएको हुँ । ठूलो दलको हिसाबमा कांग्रेसको नेतृत्वलाई सहयोग गर्नुस् । सबै मिलेर अघि बढौँ, संविधान कार्यान्वयन मिलेर गरौँ ।’ यसबाट प्रष्ट के हुन्छ भने देउवाले बैठकका लागि एमालेलाई चिठि पठाएपनि सहभागिता चाहिरहेका थिएनन ।
राजपा अध्यक्ष मण्डलका शीर्ष नेताहरुको सहभागीता हुन्छ भन्ने सोचेका देउवा त्यो नपाएपछि अलि मलिन देखिन्थे ।
लोकन्तत्रको सफल अभ्यासका लागि बलियो प्रतिपक्ष चाहिन्छ भन्दै सार्वजनिक अभिब्यक्ति दिने देउवाले एमाले अध्यक्ष केपी ओलीलाई घरमै गएर भेट्दा के भन्लान ?
सत्तासाझेदार नेकपा माओवादी केन्द्रको राजनितिक ईमानदारिताबाट ढुक्क र उत्साही देउवाले नयाँ सरकारको खाका चाँही कस्तो बनाएका छन् यो पनि सर्वत्र चासोको बिषय बनेको छ । अझ बढि शंका छ विगतमा निर्वाचन गराउन नसकेको बिल्ला भिरेका देउवाले दोस्रो चरणको स्थानीय तहको निर्वाचन र बाँकी प्रदेश र केन्दको निर्वाचन कसरी गर्लान १
राष्ट्रपतिले आज बुधवार बहुमतिय सरकारका लागि आव्हान गरे जेठ १९ गते प्रधानमन्त्रीको चुनाव गर्ने गरी संसद सचिवालयले कार्यसूचि अगाडि बढाउने छ ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा संसिदय दलका पनि नेता हुन । बरिष्ठ नेता रामचन्द्र पौडेलले चाह राखेपनि पार्टीभित्र प्रधानमन्त्रीमा देउवाको नाम सर्वसम्मत जस्तै छ । आफ्नो संभावना नदेखेका बरिष्ठ नेता पौडेलले देउवाले आफ्नो नेतृत्वमा सरकार गठनका लागि प्रस्ताव गरेपनि प्रधानन्त्री भन्दा देशको चिन्ता लागेको भनेर प्रतिक्रिया दिइरहेका छन् । ‘कसको नेतृत्वमा सरकार गठन गर्ने भन्दा पनि पहिला राष्टलाई निकास दिऔं’ पौडेलले भने, ‘मधेशी दललाई समेत सहभागि बनाएर सरकार गठन गरौ ।’

काँग्रेस–माओवादी गठबन्धनप्रति प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको सुरुदेखि नै असन्तुष्टि छ । एमालेको दुई बामपन्थी दलबीचको गठबन्धनको पक्षमा लविङ् छ । तर माओवादी केन्द्रले यसपटक पत्याउने देखिन्न ।
विगतको भद्र सहमतिमा निक्कै इमानदार देखिएको माओवादी केन्द्रको कांग्रेसका सभापति देउवालार्इ पुर्ण सर्मथन छ । आलोपालो सरकार चलाउनेगरि बनेको तत्कालिन बाम गठबन्धन एमाले र माओवादी केन्द्रबिचको भद्र सहमती तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यन्वयनमा आनाकानी गर्दा रुष्ट माओवादीलाई आफ्नो कित्तामा ल्याउन पहिले प्रचण्डलार्इ सरकारको नेतृत्व गर्न उक्साउने कांग्रेस सभापति देउवाले पनि यस्तै चाहेका थिए ।
अब देउवाको तत्कालिन योजना हो, माओवादी केन्द्रलाई साथमा लिएर सरकार बनाउने र अन्य दलहरुको सर्मथन जुटाउने ।

श्रोत भन्छ, ‘उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम र राप्रपाले सरकारमा सहागिताका लागि चाह राखेपनि राजनितिक नियुक्तीतिर भागवण्डा मिलाउने गरि सर्मथन खोजिएको छ । ’ कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले भने, ‘ कांग्रेस सभापतिको नेतृत्वप्रति दलहरूले असहमति राखेका छैनन् । साना दलहरूले एजेन्डामा प्रस्ट भएर अगाडि बढ्न सुझाब दिएका छन् । ’

बिजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम नयाँ सरकारमा सहभागिताको सुनिश्चतताका लागि प्रचण्ड सरकारमा सहभागि भएर गठबन्धनमा सामेल भैसकेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी