सरकार गठनको समयसीमा आज सकिने, सहमती जुट्न कठिन

174 Hits

काठमाडौ, १७ जेठ ।
सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि सहमतीय सरकार गठन गर्न राष्ट्रपति भण्डारीले गत बिहीबार दलहरुलाई सात दिनको समय दिएकी थिइन् ।
राष्ट्रपतिले दिएको समय सकिनै लाग्दासमेत दलहरुबीच सरकार गठनका विषयमा सहमति जुट्न सकेको छैन । यस विषयमा दलहरुबीच पर्याप्त छलफलसमेत हुन सकेको छैन ।
नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनका लागि मंगलबार सर्वदलीय बैठक आह्वान गरेको भए पनि नेकपा एमाले अनुपस्थित भएको थियो ।
प्रमुख प्रतिपक्षी दल नै बैठकमा अनुपस्थित भएपछि सहमतीय सरकार गठनको सम्भावना लगभग टर्दै गएको छ । संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत छ ।
आजसम्म सहमतीय सरकार गठनका लागि दलहरुबीच सहमति जुट्न नसके राष्ट्रपतिले बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढाउनुहुने भएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी